कालिकोट----
कालिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका गाउँपालिका अध्यक्ष महेश केसीले आफ्नो पहिलो प्राथमिकता सडक विस्तार रहेको बताएका छन । आज पदभार ग्रहण गर्दै गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकाका ९ वटै वडामा सडक विस्तार सँगै वडा नं. १ देखि वडा नं. ९ सम्म सडक विस्तार गरिने बताएका छन ।
उनले जनताले दिएको मतको कदर गर्ने भन्दै सहज रुपमा नागरिकहरुलाई यातायात सेवा उपलब्ध गराउने बताएका छन । अध्यक्ष केशिले वडा नं. १ देखि वडा नं. ९ सम्म सडक निर्माण गर्दा गाउँपालिकाका ९ वटै वडाहरुपनि सडक संजालसँग जोडिने बताएका छन ।
उनले सान्नि त्रिवेणी गाउँपालिकाका जनताले दिएको यो अभिमतलाई आत्मसाथ गर्दै जनताको शासक नभएर जनताको सेवक बनेर काम गर्ने बताएका छन । उनले गाउँपालिकामा पहलिो आवश्यकता सडक देखिएकोले सडकलाई पहिलो प्राथमिकता दिएको बताएका छन । उनले शिक्षा, स्वास्थ्य, खानेपानि, विजुली बत्ति, पर्यटन, कृषि , रोजागारी लगायतका क्षेत्रमा जनताको आवश्यकचा अनुसार काम गर्ने बताए ।
उनले जनताले आफुलाई अमुल्य मत दिएर जिताएको बताउदै जनतासँगको सरसल्लाह अनुसार नै आफुले काम गर्ने र कोहि कसैलाई पनि आखा पाखा नगरि समान तरिकाले मिलायर लैजाने अध्यक्ष केशिले बताएका छन । उनले आफ्नो कार्यकालमा थुप्रै कामहरु गर्नु पर्ने भएकोले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन ।