बाजुरा----
जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालि बहादुर शाहीले पदभार ग्रहण गर्नु भएको छ । बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा पुन निर्वाचित भएपछि शाहीले शोमवार दोस्रो कार्यकालको पदभार ग्रहण गर्नु भएको हो ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा समेत गाउँपालिका अध्यक्षमा शाही निर्वाचित हुनु भएको थियो । यसपटक पनि गठबन्धनका उम्मेद्वारलाई हराउदै शाही दोस्रो पटक गाउँपालिका अध्यक्षमा विजयी हुनु भएको हो । शोमवार पदभार ग्रहण गर्दै जगन्नाथ गाउँपालिकाको समृद्धि र विकासका लागि आफ्नो पहिलो पाँच वर्षे कार्यकालमा केहि अधुरा रहेका कामलाई निरन्तरता दिने बताउनु भयो ।
उहाँले विगतमा थुप्रै कामहरु गरेका भएपनि अझै केहि कामहरु वाँकी रहेका र ति वाँकी कामहरु पुरा गर्नका लागि पुन अध्यक्षमा पदमा लडेको बताउदै , आफुलाई दोस्रो कार्यकालका लागि पनि विजयी गराउने सम्पुर्ण जगन्नाथवासिलाई धन्यवाद ब्यक्त गर्नुभएको छ । उहाँले अव आफ्नो पाँच वर्षे कार्यकालमा जगन्नाथ गाउँपालिकाका प्रतेक वडा टोलमा सडक पुगाउने, गुणस्तरिय शिक्षा प्रबद्धन गर्ने, कृषी क्षेत्रमा लगानि बढाएर व्यवसायमुखि कृषि प्रणाली लागु गर्ने, सिचाईको व्यवस्था, प्रतेक घरमा स्वच्छ खानेपानि, समाजिक विकृति, कुप्रथा, विभिन्न हिंसा अन्त्यमा लागि जनचेतना सँगै गाउँपालिकामा विजुली बत्तिका लागि राष्टिय प्रसारण लाईन पुगाउने बताउनु भयो ।
यस्तै नवनिर्वाचित उपाध्यक्ष मरुकला विष्टले पनि पदभार ग्रहण गर्नु भएको । उहाँले मलिाहरुको शशक्तिकरण र जागरणका लागिक काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले कोहि कसैलाई आफ्नो र पराई नभनि समान तरिकाले व्यवहार गर्ने र अवसर तथा सेवा सुविधा दिने बताउनु भयो ।