अनिता भारती, कालिकोट-------
कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाले नगरपालिकामा रहेका नागरिकहरुलाई स्वास्थ्य सेवामा सहज तरिकाले पहुँच पुगाउनका लागि स्वास्थ्य विमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिले पदभार ग्रहण गर्दै नगरपालिकाका नागरिकहरुलाई स्वास्थ्य विमामा ५० प्रतिशत छुट दिने पहिलो निर्णय गरेका हुन ।
नगरपालिकाका नगर प्रमुख संकर प्रसाद उपाध्यायले पदभार ग्रहण गर्दै स्वास्थ्य विमा गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन । साथै नगरपालिका भित्रका सुत्केरी महिला तथा जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै निशुल्क एम्बुलेन्स सेवा दिने पनि निर्णय गरेको छ ।
साथै नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि किसानहरुको परिचान गरि व्यवसाय र उत्पादनका आधारमा अनुदान दिने निर्णय गरेको छ । तिलागुफा नगरपालिकाका प्रतेक घरमा राष्टिय प्रशारण लाईन पुगाउने र नागरिकहरुलाई अन्धकारमुक्त बनाएर उज्यालो नगरपालिका बनाउने निर्णय गरेको छ ।
न्गरपालिकाले नागरिकहरुलाई दिने सेवामा ढिलासुस्ती नगरी १ मिनटमै नागरिकहरुलाई सहज रुपमा सेवा दिने गुणस्तरिय टेलिफोन तथा ईन्टरनेट सेवा, उच्च शिक्षा तथा प्राविधिक शिक्षा पढ्न ताहाने जेहेनदार गरिव विद्यार्थिलाई छात्रबृति दिने निर्णय गरेको छ ।