Breaking News

सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा बमको स्वतन्त्र उम्मेद्वारी ।।

May Tue 2022 03:10:13

798 views

सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा बमको स्वतन्त्र उम्मेद्वारी ।।


अनिता भारती, कालिकोट----


कलिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्षमा खेमराज बमले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन । 


सान्नि त्रिवेणी गाउँपालिकाको समग्र विकासको लागि समृद्धिका लागि आफुले गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको बमले बताएका छन । २०३३ सालवाट २०७३ सालसम्म निरन्तर शिक्षक पेशामा लागेका बम २०७४ को आम निर्वाचनमा साविकको वाँझकोट गाविसमा सहायम मतदान अधिकृत भएर खटिएका थिए ।


२०७४ सालको स्थानिय तह निर्वाचनमा सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा लड्ने भन्दै शिक्षक पेशावाट राजिनामा दिएका बम पार्टिले टिकट नदिएपछि पछि हटेका हुन । यसपालिको स्थानिय तहको निर्वाचनमा पनि पार्टिले टिकट नदिएपछि आफु स्वतन्त्र रुपमा गाउँपालिकाको अध्यक्ष पदमा लडेको बताए ।


लामो समय कर्मचारी भई नागरिकको सेवा गरेका बम राजनिति क्षेत्रवाट जनप्रतिनिधि बनेर सान्नि त्रिवेणी गाउँपालिकाको विकास समृद्धिका नागरिकहरुको सेवक बन्ने लक्ष लिएका बमलाई पार्टिले टिकट नदिएपछि आफु स्वतन्त्र रुपमा उठेको उनको भनाई छ ।

 

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएमा सान्नि त्रिवेणी गाउँपालिकाका आम नागरिकहरुको सल्लाह सुझाव अनुसार कर्तव्यनिष्ठ रहि यस गाउँपालिकाको भु वनोट अनुसार विकासका पुर्वाधारहरुमा कसरी अगाडि बढ्ने जनताको जिवन स्तर कसरी अगाडी बढाउने र भ्रष्टचारी सोच नराखि दिगो विकास र  दिगो शान्तिको लागि सबैको सल्लाह सुझाव अनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन । 


निर्वाचन आयोगले बमलाई निर्वाचन चिन्ह खरायो प्रदान गरेको छ । उनले खरायो चिन्हमा मतदान गरि आफुलाई विजयी गराउन आग्रह गर्दै यतिवेला गाउँ गाउँमा मतदाता भेटघाटमा व्यस्त रहेका छन । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर