Breaking News

खाडाचक्र नगरपालिकाको मेयरमा महिला नेतृ शाहको उम्मेद्वारी ।।

Apr Thu 2022 11:12:37

739 views

खाडाचक्र नगरपालिकाको मेयरमा महिला नेतृ शाहको उम्मेद्वारी ।।


अनिता भारती, कालिकोट----


जिल्लाको खाडाचक्र नगरपालिकाको मेयरमा नेपाली काग्रेंसवाट महिला नेतृ तारा शाहले उम्मेद्वारी दिएकी छन । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गठबन्धका तर्फवाट शाहले मेयर पदमा उम्मेद्वारी दिएकी हुन ।


जिल्लाको मुटुको रुपमा खाडाचक्र नगरपालिकामा नेपाली काग्रेंसले शाहलाइ मेयरमा उठाएको हो । जिल्लाका ९ वटा स्थानिय तहमा कुनै पनि पालिकामा प्रमुख तथा अध्यक्ष पदमा महिलालाई नेतृत्व दिइएको छैन । खाडाचक्र नगरपालिकामा मात्र नेपाली काग्रेंसले महिला नेतृ शाहलाई मेयरमा उम्मेद्वार उठाएको हो । 


नेपाली काग्रेंसको महाधिवेसन प्रतिनिधि समेत रहेकी शाह लामो समय देखि नेपाली काग्रेंसमा आवद्ध छन । उम्मेद्वारी दर्ता गराउदै शाहले पार्टिले सुम्पेको यो जिम्मेवारी प्रति आफु निकै्र खुसि भएको बताएकि छन । उनले महिलालाई नै नगरपालिकाको प्रमुख बनाएर नेपाली काग्रेंस पार्टिले महिलाहरुको सम्मान गरेको समेत उनले बताईन ।


उनले खाडाचक्र नगरपालिकाको समग्र विकासका लागि आफुले काम गर्ने बताएकी छन । उनले महिलाहरुले देशको निम्ती केहि गर्न सक्छन भन्ने शन्देस दिनका लागि र महिलाहरुको हक हितका लागि पनि आफुलाई मेयरमा जिर्वाचित गराउन आग्रह गरेकि छन । उनले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, विजुलि बक्ति पर्यटन, कृषि लगायतका विषयमा फड्को मार्ने गरि काम गर्ने बताएकी छन ।


उनले जिल्लाकै मुटुको रुपमा रहेको नगरपालिकालाई जिल्लाकै नमुना पालिका बनाउने समेत बताएकी छन । उनले खाडाचक्र नगरपालिकाका आम नागरिकहरुको जिवन स्तर वदल्नका लागि, भ्रष्टचार न्यूनिकरण, शुशासन कायम गर्नका लागि आफुले मेयर पदमा उम्मेद्वारी दिएको बताएकी छन । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर