Breaking News

आठबिस नगरपालिका ६ नं वडाको अध्यक्ष पदमा नेपाली काग्रेंसवाट रंगराज पुरीको उम्मेद्वारी ।।

Apr Thu 2022 06:39:09

1116 views

आठबिस नगरपालिका ६ नं वडाको अध्यक्ष पदमा नेपाली काग्रेंसवाट रंगराज पुरीको उम्मेद्वारी ।।

अनिता भारती, कालिकोट------


दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा नेपाली काग्रेंसवाट रंगराज पुरीले उम्मेद्वारी दिएका छन । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा वडा नं. ६ को वडा अध्यक्ष पदमा उनले नेपाली काग्रेंसवाट उम्मेद्वारी दर्ता गराएका हुन । 


उनले ब्यबस्था बदल्नका लागि नभएर नागरिकहरुको अवस्था बदल्नका लागि आफुले वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए । नेपाली काग्रेंसमा लामो समय देखि आवद्ध रहेर विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका पुरीले नेतृत्व परिवर्तनका लागि मात्र नभएर नेतृत्वको मानसिक र व्यवहार नै परिवर्तन गर्नका लागि आफुले वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए ।


उनले भने, कसैलाई जागिर खुवाउन वा ठेक्का दिलाउनका लागि आफुले वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएको होईन । गाउँको विकास निर्माण, भ्रष्टचार अन्त्य गर्नका लागि र शुशासन कायम गर्नका लागि वडा अधयक्ष पदमा उम्मेद्वार दिएको हुँ ।


आफु अनुकुल वा आफ्नो मानिस नेतृत्वमा ल्याउनका लागि नभएर सक्षम योग्य मानिसलाई नेतृत्वका ल्याउनु पर्ने उनले बताए । आफु वडा अध्यक्ष पदमा निर्वाचित भएका कसैको दवाव र प्रभावमा नपरीस्वतन्त्र निष्पक्ष रुपमा समाज बदल्नका आठबिस नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए । 


उनले आठबिस नगरपालिका ६ को समग्र विकास र समृद्धिका लागि आफुलाई भोट हालेर निर्वाचत गराउन समेत आग्रह गरेका छन । उनले आफु निर्वाचति भएपछि सधै जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर