Breaking News

माओवादि केन्द्र सान्नि त्रिवेणिको टिकट वाँडफाडमा कार्यकर्ताको चर्को आलोचना ।।

Apr Mon 2022 04:24:11

1043 views

माओवादि केन्द्र सान्नि त्रिवेणिको टिकट वाँडफाडमा कार्यकर्ताको चर्को आलोचना ।।


कालिकोट------

नेकपा माओवादि केन्द्र सान्नि त्रिवेणी गाउँपालिकामा टिकट वाँडफाडको विषयमा नेता कार्यकर्ताले चर्को आलोचना गरेका छन । सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्षमा निवर्तमान गाउँपालिका अध्यक्ष तथा प्रदेश निर्वाचन क्षेत्र नं. ख का संयोजक डम्बर बहादुर शाही डिविलाई पार्टिले टिकट दिएपछि नेता कार्यकर्ताले असन्तुष्टि जनाएका हुन । 


गाउँ कमिटिले अध्यक्ष पदका लागि ६ जनाको नाम जिल्ला कमिटिमा सिफारीस गरेको थियो । तर उम्मेदवार विच आपसी छलफल गरि पावर पहुँचको आधारमा टिक खोसेर ल्याएको गाउँकमिटिका सचिव नरेश शाहीले बताएका छन । उनले गाउँ कमिटिका आम नेता कार्यकर्ताको मत एकठाउँमा हुदा हुदै पनि गाउँपालिकाको टिकट पावर पहुँचका आधारमा खोसेर ल्याएको बताए । 


गाउँपालिकाको टिकट सहमति र सहकार्यका आधारमा नभएर पहुँच र पावरको आधारमा खोसेर लिएको गाउँ कमिटिका अध्यक्ष महेश केसीले बताए । उनले आफ्नो सामाजिक संजालका भनेका छन, ईतिहासका निर्माता जनता हुन, अव जनताकै फैसला हुनेछ, अति गरे खति हुन्छ । उनले पावर र पहुँचको आधार टिकट ल्याएपटि यसमा गाउँ कमिटिको कुनै समर्थन नरहेको उनले बताएका छन । 


सामाजिक संजालमा विभिन्न व्यक्तिले गाउँपालिकाको अध्यक्षमा फेरी उहि अनुहार दोहोरीनु नागरिकहरुका राम्रो नभएको बताएका छन । विगित पाँच वर्षमा गरेको कामको प्रगति हेर्दा फेरी उशि अनुहार आउने सान्नि त्रिवेणी गाउँपालिकाका जनतालाई दुखको विषय बनेको बताएक छन । 


सामाजिक संजालमा नेकपा माओवादि केन्द्रवाट अर्को ब्यक्तिलाई स्वतन्त्र लड्न पनि आग्रह गरेका छन । सान्नि त्रिवेणी गाउँपालिकाको उम्मेदवारको अन्तिम निर्णय गर्नको लागि पार्टिले यशि बैशाख ९ गते गाउँ कमिटिको बैठक बोलाउदा त्यो बैठकमा गाउँ कमिटिका सदस्यहरुलाई आउन नदिई राती राती घर घरमा फाईल लिई सदस्यलाई झुट्टा भरम दिएको र बैठकमा आउने सदस्यलाई पनि अपहरण गरि लिएको गाउँ कमिटि अध्यक्ष महेस केसीले आरोप लगाएक छन । यो जाल जेल र षड्यन्त्र गरि बहुमत देखाउने क्रियाकलाप प्रति पार्टि जिल्ला कमिटि र प्रदेश कमिटिले समयमै जिम्मा नलिए पार्टिले ठूलो क्षति ब्यहोर्ने उनले बताएका छन ।

 

अघिल्लो स्थानिय तहको निर्वाचनमा आफुलाई सहमत गरेर जिताउन आग्रह गर्दै अर्को पटकको चुनावमा आफु नलडी तपाईहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका शाहीले अहिले आफ्नो शक्ति र पहुच देखाएर टिकट ल्याएको महिला नेतृ छाया केसीले बताईन । उनले यसको हिसाव किताव बैशाख ३० गतेको चुनाव पछि देखिने समेत उनले बताएकी छन ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर