अनिता भारती, कालिकोट
कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली काग्रेंस वाट नगेन्द्र विष्ट सर्वसहमत उम्मेदवार बनेका छन । नेपाली काग्रेंस जिल्ला कार्य समिति कालिकोट सचिव समेत रहेका यूवा नेता विष्ट पार्टिवाट नरहरीनाथ गाउँपालिकाको अध्यक्षमा सिफारीस भएका हनु ।
लामो समय देखि नेपाली काग्रेंसका विभिन्न संघ संगठनमा रहि काम गर्दै आएका विष्ट गाउँपालिकाको अध्यक्षमा सर्वसम्मत सिफारीस भएपछि आज मनोनयन दर्ता गराउने भएका छन । नरहरीनाथ गाउँपालिकाको विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी गाउँपालिका अध्यक्षमा रहेको विष्टले बताएका छन ।
उनले विगतको सरकारले जनताको आधारभुत आवश्यकता पुरा गर्न नसकेको बताउदै नरहरीनाथ गाउँपालिकालाई देशकै नमुना गाउँपालिका बनाउनका लागि आफ्नो उम्मेदवारी गाउँपालिका अध्यक्षमा रहेको विष्टले बताए । उनले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, भौतिक पुर्वाधार, कृषि, प्रर्यटन, यूवालाई रोजगारी लगायतका विषयमा आफुले जितेपछि काम गर्ने बताए ।
भ्रष्टचार न्यूनिकरण गर्नका लागि वेथितिको अन्त्यका लागि लागि नरहरीनाथ गाउँपालिकाका आम नागरिकहरुले आफुलाई बैशाख ३० गते जिताउने कुरामा विश्वस्त रहेको बताए । उनले पार्टिले दिएको यो जिम्मेवारीलाई पार्टिको विधि विधान र नागरिकहरुको सहजताका सधै भरि खटिरहने बताएका छन । उनले नरहरीनाथ गाउँपालिकाको मुहार फेर्नका लागि र यूवाहरुको भविस्य सुनिश्चीत गर्नका लागि पनि आफुलाई अमुल्य भोट दिएर विजयी गराउन समेत आग्रह गरेका छन ।