Breaking News

बुढीनन्दा नगरपालिकाले गर्यो बाल विवाह न्यूनिकरणका निम्ति दलित, जनतजातिका पुरोहितसँग सम्झौता हस्ताक्षर कार्यक्रम ।।

Apr Tue 2022 01:19:43

147 views

बुढीनन्दा नगरपालिकाले गर्यो बाल विवाह न्यूनिकरणका निम्ति दलित, जनतजातिका पुरोहितसँग सम्झौता हस्ताक्षर कार्यक्रम ।।

बाजुरा------


बुढीनन्दा नगरपालिकाले बाल विवाह न्यूनिकरणका निम्ति दलित, जनतजातिका पुरोहितसँग सम्झौता हस्ताक्षर कार्यक्रम गरेको छ । अघिल्लो आर्थिक वर्षमा ब्राहमणसँग वालविवाह न्यूनिकरणका लागि सम्झौता हस्तारक्षर गरेको नगरपालिकाले अहिले दलित, जनतजातिका पुरोहितसँग सम्झौता हस्ताक्षर कार्यक्रम गरेको हो । दलित जनतजातिहरुको समाजमा अझै पनि वालविवाह न्यूनिकरण हुन नसेको भन्दै उनिहरुसँग नै सम्झौता पत्रमा हस्ताक्षर गराएको छ ।

मंगलवार एक औपचारिक कार्यक्रमको आयोजना गरि बुढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मीको अध्यक्षतामा संचलन भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पदम कुमार गिरी रहनु भएको थियो भने अतिथिमा ईलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख देवेन्द्रराज जोशि महिला वालवालिका शाखा प्रमुख गंगा गिरी लगायतको उपस्थितीमा वालविवाह न्यूनिकरणका लागि सम्झौतामा हस्ताक्षर गराएको हो । नगरपालिकाका १० वटा वाट २ जनाले दरले २० जना दलित, जनतजातिका पुरोहितसँग सम्झौता हस्ताक्षर गरेको हो ।

कार्यक्रममा वोल्दै प्रहरी निरिक्षक देवेन्द्र राज जोशिले बालविवाह न्यूनिकरणका लागि राज्यले चालेको अिभयानमा सबैले सहयोग गर्नु पर्ने र वालविवाह भएको खवर पाउने वित्तिबै प्रहरीलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो । उहाँले बालविवाहले् किसोर किसोरीको भविस्य विग्रने भन्दै यस विषयमा सबैले सचेत हुनु पर्ने बताउनु भयो । उहाँले वालविवाह गराउने जो सुकैलाई पनि ३ वर्ष कैद र ३० हजार जरिवान गर्ने कानुनी प्रावधान रहेको बताउनु भयो ।

कार्यक्रममा वोल्दै नगर प्रमुख पदम कुमार गिरीले बालविवाह पनि जघन्य अपराध हुने भन्दै उहाँले ग्रामिण क्षेत्रमा वालविवाहको मुख्य कारण अशिक्षा रहेको बताउनु भयो । उहाँले लोभ लालचमा वालविवाह गराउनु भन्दा आफ्ना छोराछोरीको शिक्षामा चासो दिनु पर्ने उहाँको भनाई छ । बालविवाहका कारण कतिपय किसोरीहरुको ज्यान समेत जाने र उनिहरु आर्थिक रुपमा , शारिरीक रुपमा पनि कमजोर रहने बताउनु भयो । बालविवाहले उनिहरुको भविस्यमा नराम्रो असर गर्ने भन्दै वालविवाह गराउने र गर्न लगाउने पुरोहितलाई कानुनी कार्वाहि गर्ने बताउनु भयो । साथै उहाँले आफुले सिकेका हरेक कुरालाई समाजका अन्य ब्यक्तिलाई पनि जानकारी गराउन आग्रह गर्दै उहाँले वालविवाह सम्वन्धि कानुनी प्रक्रिया र यसका सजायका विषयमा सबैलाई जानकारी गराउन आग्रह गर्नुभयो ।


कार्यक्रमको समापन गर्दै उपप्रमुख सृष्टि रेग्मीले बालविवाह ग्रामिण क्षेत्रमा भित्रि रुपमा न्यूनिकरण हुन नसकेको र लुकिछिपी अझै पनि वालविवाह हुने गरेको बताउनु भयो । उहाँले आजका मितिवाट कोहि कसैको विहे गराउदा उनिहरुको उमेर खुल्ने कागजात हेरेर २० वर्ष भन्दा माथिकाको मात्रै विहे गराउन पुरोहितलाई आग्रह गर्नुभयो । उहाँले आज गरेको सम्झौता कसम खाए सरह भएको भन्दै वालविवाह न्युनिकरणका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनु भएको छ । उहाँले वालविवाह भएको जानकारी पाएमा कोहि कसैले पनि प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै उहाँले वालविवाह न्यूनिकरणका लागि सबैले एकजुट एक स्वर गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।


कार्यक्रमको लक्ष उद्देस्यमाथि महिला वालवालिका शाखा प्रमुख गंगा गिरीले प्रष्ट पार्नु भएको थियो भने कार्यक्रमको संचालन तथा नेपालमा वालविवाहको अवस्था र कानुनी सजाएका विषयमा धर्मराज पाध्यायले सहजिकरण गर्नु भएको थियो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर