Breaking News

देशले फेरी काग्रेंसलाई खोजेको छ ः पुर्व मन्त्रि गिरी ।।

Mar Thu 2022 02:11:49

113 views

देशले फेरी काग्रेंसलाई खोजेको छ ः पुर्व मन्त्रि गिरी ।।


बाजुरा-------

पुर्व भुमि सुधार तथा सहायक मन्त्रि नेपाली काग्रेंसका नेता जनक राज गिरीले देशले फेरी नेपाली काग्रेंसलाई खोजेको बताए  । देशमा भ्रष्टचार मौलाउदै गएको भन्दै नेता गिरी भ्रष्टचारलाई न्यूनिकरण गर्नका लागि पनि नेपाली काग्रेंसले आगामि निर्वाचन जित्नै पर्ने बताए । नेपाली काग्रेंस वाजुराले आयोजना गरेको चुनावि आम सभालाई सम्बोधन गर्दै गिरीले यस्तो बताए हुन । 


देशका हरेक राजनितिक घटनाक्रमलाई अन्त्य गर्नका लागि र देशको विकासका लागि नेपाली काग्रेंसले स्थानिय तहको चुनाव जित्नै प्रर्ने उनले बताए । देशको विकास र समृद्धिका लागि पनि नेपाली काग्रेंसको आवश्यक रहेको उनको भनाई छ । 


नेपाली काग्रेंसले यो चुनाव नजितेमा देशले ठूलो क्षति व्यहोर्ने समेत गिरीले बताए । उनले देशलाई टुक्रयाउन र देशलाई भ्रष्टचारको दलदलमा फसाउन र देशलाई सखाप पार्न विभिन्न चलखेल भईरहेको बताए । यसका विरुद्ध पनि नेपाली काग्रेंसले स्थानिय तहको चुनाव जित्नै पर्ने पुर्व मन्त्रि गिरीले बताए छन । 


नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका अध्यक्ष रामसिंह रावलको अध्यक्षतामा संचालन भएको चुनावी सभा  कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस सुदूरपश्चि कार्यसमिति सभापति बिर बहादुर बलायर रहेका थिए ।

विशिष्ट अतिथिमा नेपाली काँग्रेस सुदूरपश्चि महामन्त्री मेघराज खड्का ,  पुर्व भुमि सुधार तथा सहायक मन्त्री जनकाराज  गिरी , अतिथिमा पुर्व पार्टी सभापतिहरू गाउँपालिका तथा नगरपालिका सभापित प्रदेश सदस्य लगाएका  नेता तथा कार्यक्रर्ताको भव्य उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर