अनिता भारती, कालिकोट------
नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्रि केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारमा रहेका केन्द्रका नेताहरुका टाउँमा मिले पनि आम जनताहरु नेकपा एमालेको साथमा रहेको बताएका छन । नेकपा एमाले जिल्ला कमिटि कालिकोटले आयोजना गरेको बृहत चुनावि आमसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।
उनले आगामी निर्वाचनमा गठबन्धनसंग एमाले एक्लै चुनाव लडेर विजयी हुने ठोकुवा गरे । उनले कालीकोटमा पनि गठबन्धसंग एमाले एक्लै चुनाव लड्ने भएकाले कार्यकतालाई प्रचार प्रसारमा व्यापकता दिन निर्देशन दिए । नेकपा एमाले जिल्ला कमिटी कालीकोटले आयोजना गरेको बृहत चुनाबी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यकतालाई यस्तो निर्देशन दिएका हुन् ।
उनले आगामी स्थानिय तहको निर्वाचन पछि एमाले नै पहिलो शक्ति केन्द्रका रुपमा स्थापित हुने बताए । उनले कालिकोटका जनताको सुख, दुःखमा एमाले साथमा रहेको बताए । ओलीले भने, ‘एमाले हिजो पनि विकास र समृद्धिको पक्षमा थियो । अब पनि त्यसको नेतृत्वको काम गरेर कार्यान्वयन तर्फ लाग्नेछ।’
नेकपा एमाले जिल्ला कमिटि कालिकोटका अध्यक्ष जसि प्रसाद पाण्डेको अध्यक्षतामा संचालन भएको बृहत आम सभा कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्रि केपी शर्मा ओली रहेका थिए । यस्तै केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नगीन्द्र शाही नेश्नल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
ओलीले आज नै कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीका स्वकिय सचिव लगायतका नेता कार्यकर्तालाई एमाले पार्टिमा स्वागत गरेका छन । पार्टि प्रवेस गरेकालाई स्स्वागत गर्दै ओलीले कालिकोटका जनताको सुख दुःखमा रहेर काम गर्ने निर्देशन दिएका छन । उनले आफुखुसि भनदा जनताखुसि काम गरेर देखाउन आम नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन ।
ओलीले आज नै दैलेखको दुल्लु र जुम्लाको सिंजामा पार्टिको चुनावि आम सभालाई सम्बोधन गरेका छन ।