अनिता भारती, कालिकोट-----
नेपाली काग्रेंस कालिकोटका नेता तथा कानुनी अधिबक्ता हिक्मत विष्टलाई आज नेपाली काग्रेंस कालिकोटले एक कार्यक्रमका विच सम्मान गरेको छ । कोरोना भाईरस संक्रमण भएर मृत्यूको मुखमा पुगेका विष्टले कोरोना भाईरसलाई जितेर आफ्नो गृह जिल्ला कालिकोटमा पुगेपछि आज नेपाली काग्रेंस जिल्ला कार्य समितिका कालिकोटले पार्टि कार्यलयमा नेता विष्टलाई सम्मान गरेको हो ।
नेता विष्टले आफु कोरोना संक्रमित भएर अस्पतालमो वेडमा रहेको वेला नेपाली काग्रेंसका सभापति प्रधानमन्त्रि शेर बहादुर देउवा महामन्त्रि गगन थापा लगायतका नेताहरुले आफुलाई भेटेर स्वास्थ्य लाभको कामना गरेको भन्दै खुसि ब्यक्त गरेका छन ।
जिल्लाको अधिबेसन चलिरहेको वेला आफु अस्पतालको वेडमा छटपटाईरहेको थिए । अधिवेसनमा आउन सकिन । मेरो एउटै ईच्छा थियो । उनले भने, आफु अझै समय वाच्नु पर्छ । कालिकोटको लागि नेपाली काग्रेंसको लागि केहि गर्नुछ भन्ने सोच थियो । त्यो हिक्मतले पनि आज आफु मृत्यूलाई जितेर आएको विष्टले बताए ।
आफु अस्पतालको बेडमा रहेको वेला पार्टिका आम नेता कार्यकर्ताहरुको त्यो माया, दिएको हिक्मत अनि जोश जाँगर आज आफु जिवित बनेको विष्टले बताए । उनले आफु जनताको सेवा गर्ने एउटा राजनितिज्ञ भएको हुनाले पनि प्रयाप्त पैशाको अभाव रहेको वेला पार्टिका शिर्ष नेता र शुभचिन्तकको मायाले आज आफु जिवित रहेको बताए । आफु बेहोस भएर होषमा आउँदा वाच्ने आउने आस मरिसकेको थियो । ईश्वर र आफन्तको अनुपमले आफु बाँचेको नेता विष्टले बताए ।
नेपाली काग्रेंस जिल्ला कार्य समिति कालिकोटका सभापति अम्म बहादुर शाहीको सभापतित्वमा गरिएको सम्मान कार्यक्रममा पुर्व सभापति तथा नेता हर्ष बहादुर बम, समाजसेवि तथा काग्रेंसका नेता अशोक नाथ योगी, नेता दमन बहादुर शाही, उपसभापति मिन बहादुर वोगटि, पार्टि सचिव नगेन्द्र विष्ट लगायतका नेताहरुको सहभागिता रहेको थियो । साथै ति नेताहरुले नेता विष्टको स्वास्थ्य लाभको कामना समेत गरेका छन ।