Breaking News

बाल संवेदनशिलता र बाल अधिकार पैरविका लागि संचारकर्मीलाई ३ दिने तालिम सम्पन्न ।।

Mar Mon 2022 04:37:01

233 views

बाल संवेदनशिलता र बाल अधिकार पैरविका लागि संचारकर्मीलाई ३ दिने तालिम सम्पन्न ।।


अनिता भारती कालिकोट---- 

कालिकोटमा संचारकर्मीहरुकालागि बाल संवेदनशिलता पत्रकारिता र बाल अधिकार पैरवी सम्वन्धी ३ दिने तालिम सम्पन्न भएको छ । तालिममा बालबालिकामाथि हुदै आएका हरेक क्रियाकलाप तथा गतिविधी र बालबालिकाले पाउनै पर्ने अधिकारका विषयमा पत्रकार तथा संचारकर्मीहरुले खेल्न सक्ने भुमिकाका विषयमा प्रशिक्षण दिइउको छ ।


बाल अभियान्तालाई सञ्चार क्षेत्र लगायत समाजका विभिन्न क्षेत्रमा नेतृत्व लिन सक्ने क्षमता विकासका लागि सहयोगी भुमिका निर्वाह गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको शुभकालिका गाउँपालिकाका फिल्ड कार्यालय परियोजना संयोजक (बाल संरक्षण) प्रकाश बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय कालिकोटका स्थानीय तहमा रहेका वालबालिकाहरुलाई विभिन्न तालिमहरु दिएर समाजमा रहेका हानिकारक अभ्यास न्युनिकरण गर्न बालबालिका सक्रिय भएको बताउनुभयो ।


बालबालिकाको क्षेत्रमा पत्रकार तथा संचारकर्मीहरुको महत्वपुर्ण भुमिका रहेकाले सहयोग गर्न समेत शाहीले आग्रह गर्नुभयो । सेभ द चिल्डे«नको सहयोग, किर्डाक नेपाल कालिकोटको सहजिकरण तथा नेपाल पत्रकार महासङ्घ कालिकोटको समन्वयमा ३ दिने तालिमको आयोजना गरिएको हो । तालिममा तिलागुफा नगरपालिकाका १२ जना किशोरकिशोरी र शुभकालिका गाउँपालिकाबाट ९ जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर