Breaking News

काग्रेंस कालिकोटले सुरु गर्यो १ महिने चुनावि अभियान ।।

Mar Sun 2022 12:50:46

510 views

काग्रेंस कालिकोटले सुरु गर्यो १ महिने चुनावि अभियान ।।

अनिता भारती, कालिकोट---

 

‘घर घर जार्औ, काँग्रेस जितार्औ’ भन्ने मुल नाराका साथ आज देशै भरी काँग्रेसको एक महिने अभियान संचालन भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ७७ वटै जिल्लामा एक साथ अभियानको उद्घाटन गर्नुभएको छ । केन्द्रीय कार्य समितिले घोषणा गरेको अभियानका क्रममा आज नेपाली काग्रेंस कालिकोटले पनि जिल्ला सदरमुकाम मान्ममा भेलाको आयोजना गरेर १ महिनने चुनावि अभियानको उद्घाटन गरेको छ ।


सरकारले बैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसंगै काँग्रेसले गाउँ अभियानलाई तिव्रता दिएको छ । पछिल्लो समयमा विवादमा आएको एमसीसीका विषयमा घरघरमा गएर काँग्रेसले जनतालाई जानकारी गराउने र काँग्रेसको संगठन सुदृढिकरण सहित काँग्रेसलाई स्थानीय तह हुर्दै प्रतिनिधि र प्रदेश सभामा निर्वाचित गराउनका लागि अभियानको उद्घाटन गरिएको छ ।


नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटका सभापति अम्ब बहादुर शाहीको सभापतित्व नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि बाबुराम बस्नेतको प्रमुख आतिथ्यतामा अभियानको उद्घाटन गरिएको छ । अभियानको उद्घाटन गर्दै प्रमुख अतिथि बस्नेतले यहि फागुन २९ गतेदेखी चैत २९ गतेसम्म कालीकोट जिल्लाका ९ वटै स्थानिय तहमा चुनावि अभियान संचालन हुने बताउनुभयो । उहाँले ‘हरेक काँचलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति काँग्रेस कालीकोटका नेता तथा कार्यकतालाई जिम्मेवारी वाडफाड गरि जिम्मेवारी दिनुपर्ने बताउनुभयो । कालीकोट जिल्लामा अधिकाँश जनताले काँग्रेसको विश्वास मानेकाले अवको दिनमा काँग्रेस शहर केन्द्रीत भन्दा पनि गाउँकेन्द्रीत हुन आग्रह गर्नुभयो । उहाँले कम्यूनिष्टले जनताको विचमा एमसीसीका विषयमा भ्रम सिर्जना घर घरमा पुगेर एमसीसीका बुदा बुदामा रहेर नागरिकलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाली काँग्रेस जिल्ला काय समिति कालीकोटका पदाधिकारी सहित नेता तथा कार्यकताको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पार्टि सचिव नगेन्द्र विष्टले संचालन गर्नुभएको थियो । कार्यक्रममा बोल्ने नेपाली काग्रेंसका नेताहरुले नेपाली काग्रेंस एक ढिक्का भएर चुनावी मैदानमा होमीएमा नेपाली काग्रेंसलाई कसैले पनि हराउन नसक्ने बताएका छन । उनिहरुले नेपाली काग्रेंसका नेता तथा कार्यकर्ताहरु गाउँ केन्द्रीत हुदै गर्दा नेपाली काग्रेंसले गरेका कामहरु र नेपाली काग्रेंसका एजेण्डाहरुका वारेमा पनि जनतालाई जानकारी गराउनु पर्ने बताएका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर