Breaking News

गुणस्तरीय शिक्षा प्रवद्धनका लागि सरोकारवालाको भुमिका विषयक सार्वजनिक छलफल कार्यक्रम ।।

Mar Sat 2022 12:47:52

126 views

गुणस्तरीय शिक्षा प्रवद्धनका लागि सरोकारवालाको भुमिका विषयक सार्वजनिक छलफल कार्यक्रम ।।


बाजुरा---

गुणस्तरिय शिक्षा प्रवद्धनका लागि सरोकारवालाको भुमिका विषयक सार्वजनिक छलफल कार्यक्रम बुढीनन्दा नगरपालिकामा सम्पन्न भएको छ । पीसविन वाजुराको आयोजना र बुढीनन्दा नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको समन्वयमा बुढीनन्दा नगरपालिकाले गुणस्तरिय शिक्षाका लागि अहिले सम्म गरेका कामहरुका विषयमा उपलब्धि, चुनौति र समाधानका विषयमा अभिभावक विव्यस अध्यक्ष प्रधानाध्यापक जनप्रतिनिधि विच सार्वजनिक छलफल गरिएको हो ।


सार्वजनिक छलफल कार्यक्रममा शैक्षिक कार्यदलले बनाएको प्रतिवेदनका विषयमा, शिक्षकको दरवन्दीका विषयमा, भौतिक संरचना निर्माणका विषयमा विव्यस अध्यक्ष तथा प्रधानाध्यापकहरुले जिज्ञासा उठाएका थिए । नगरपालिकामा गुणस्तरिय शिक्षा लागु गर्नका लागि अभिभावकले घरमा खेल्ने पर्ने भुमिका , विव्यस समितिले अनुगमन लगायतमा खेल्नु पर्ने भुमिकाका विषयमा र शिक्षकहरुले विद्यालयमा हाजिर लगाउनका लागि मात्र नभएर विद्यार्थिको भविस्य निर्माणका लागि जोड दिनु पर्ने कुराहरु उठेका छन । साथै जनप्रतिनिधिले पनि शिक्षा क्षेत्रमा वजेट बढाउनु पर्ने, शिक्षा शाखाले अनुगमन, कर्मचारी दरवन्दी मिलान लगायतका कामहरुका विषयमा एक आपसमा छलफल गरिएको हो ।


कार्यत्रक्रममा बोल्दै गुनासोको जवाफ दिदै शिक्षा अधिकृत दयाराम जोशिले यस नगरपालिकामा कक्षा १ देखि ५ सम्म ६७ स्वीकृत दरवन्दी, २४ राहत शिक्षक ३५ नगर स्वयंसेवक शिक्षक रहेको जानकारी गराउनु भयो । यस्तै ६ देखि ८ सम्म १२ जना स्थायि, राहात ८ जना मावि तहमा ८ वटा स्वीकृत दरवन्दि ६ वटा राहात र उमाविमा ४ वटा मात्र दरवन्दि र ११ वटा नगर स्वयंसेवक शिक्षक रहेको बताउनु भयो । उहाँले नगरपालिकामा शिक्षकहरुको दरवन्दि न्यून रहेकोले गर्दा शिक्षामा गुणस्तर कायम गर्न केहि समस्या भएको बताउनु भयो । साथै उहाँले स्थानिय तहले र केन्द्रीय सरकारले शिक्षा क्षेत्रमा विशेष जोड दिएपनि प्रदेस सरकारले शिक्षाको क्षेत्रमा लगानि गर्न नसकेको समेत बताउनु भयो ।


यस्तै कार्यक्रममा बोल्दै वडा नं. ४ का वडा अध्यक्ष राजन कुमार रोकायाले गुणस्तरिय शिक्षाका लागि नारामा मात्र नभएर व्यवहारमा लागु गुर्नपर्ने बताउनु भयो । उहाँले विद्यार्थिको भविस्य निर्माण गर्ने जिम्मा पहिलो अभिभावकको रहेको र दोस्रो शिक्षकहरुको रहेको बताउदै शिक्षकहरुले पनि आफ्नो कर्तव्यलाई ध्यानमा राखेर व्यवहारिक शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो ।


कार्यक्रमका प्रमुख अतिथि वडा नं. २ का वडा अध्यक्ष तथा कार्यावहाक नगर प्रमुख भिम बहादुर कार्किले सार्वजनिक छलफलमा उठेका विभिन्न सवालहरु न्गरपालिकाको कार्यपालिका बैठकमा राख्ने बताउनु भयो । उहाँले आफ्नो कार्यकाल सकिन एक महिना मात्र वाँकी रहेको अवस्थामा यो छोटो समयमा गुणस्तरिय शिक्षाका लागि थप केहि नयाँ निर्णय तथा काम गरेर जाने बताउनु भयो । उहाँले सबैले आ आफ्नो कर्तब्यलाई बुझेर काम गर्न सकेमा र आफ्नो भुमिका सहि तरिकाले प्रयोग गर्न सकेमा गुणस्तरिय शिक्षाको नारा सार्थक हुने बताउनु भयो । उहाँले गुणस्तरि शिक्षा प्रवद्धनका लागि सबैको भुमिका महत्वपुर्ण रहेको बताउदै अभिभावक, विव्यस समिति, शिक्षक, जनप्रतिनिधि लगायतका सरोकारवालाहरुले आफ्नो आफ्नो क्षेत्रवाट सहयोग गर्नपर्ने आवश्यकता औँल्याउनु भयो ।


कार्यक्रमको समापन गर्दै पीसवीन केन्द्रीय कार्यसमिति उपाध्यक्ष वृजन शाहीले राजनितिक दलहरुले विद्यालयमा आएर हस्तक्षेप गर्न नहुने बताउदै त्यसका लागि विद्यालय परिवारले पनि नडराई आफ्नो अधिकार प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले निजि विद्यालयको भन्दा सरकारी विद्यालयको शिक्षा खुस्कदो रहेको अवस्थामा सरकारी विद्यालयका शिक्षकले व्यक्तिवादी भन्दा पनि शिक्षाको गुणस्तरमा प्रतिष्पर्धा गर्नु पर्ने बताउनु भयो ।


पीसवीन केन्द्रीय कार्यसमिति उपाध्यक्ष वृजन शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं. २ का अध्यक्ष तथा कार्यावहाक नगर प्रमुख भिम बहादुर कार्कि रहनु भएको थियो भने अतिथिमा वडा नं. ४ का वडा अध्यक्ष राजन कुमार रोकया, शिक्षा अधिकृत तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत दयाराम जोशि पीसविनका परियोजना संयोजक जयलाल विक विभिन्न विद्यालयका विव्यस अध्यक्ष प्रधानाध्यापक अभिभावक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्देस्य माथि पीसविनका परियोजना संयोजक जयलाल विकले प्रष्ट पार्नु भएको थियो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर