Breaking News

पालिकाकै नमुना विद्यालय निर्माण गरि विद्यालयलाई हस्तान्तरण ।।

Mar Tue 2022 02:21:12

384 views

पालिकाकै नमुना विद्यालय निर्माण गरि विद्यालयलाई हस्तान्तरण ।।


कालिकोट----

कालिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिका वडा नं. ४ उजेलगाउँमा रहेको शान्तिकोट आधारभुत विद्यालयमा ४ कोठे पक्की भवन निर्माण कार्य सम्पन्न भएको छ । प्लान ईन्टरनेश्नल नेपाल र सान्नि त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोग तथा किर्डाक नेपालको साझेदारीमा  पालिकाकै नमुना विद्यालयको भवन निर्माण सम्पन्न भएको हो । प्लान ईन्टरनेश्नल नेपालको ६० लाख लागतमा ४ कोठे विद्यालयको भवन र ३ कोठे ट्वाईलेटको भवन निर्माण कार्य सम्पन्न गरि आज एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको छ । 

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मान बहादुर पुरीको अध्यक्षतामा सचालन भएको कार्यक्रममा प्लान ईन्टरनेश्नल पश्चिम क्षेत्रिय कार्यालय सुर्खेतका क्षेत्रिय प्रबन्धक मिना पराजुली, किर्डाक नेपाल कालिकोटका संयोजक तुलराम पाण्डे लगायतको सहभागितामा आज एक कार्यक्रमका विच ४ कोठे विद्यालयको पक्की भवन र ३ कोठे ट्वाईलेटको भवन आज विद्यालयलाई हस्तान्तरण गरिएको छ । 

गाउँपालिकाकै नमुना छापामय विद्यालय तयार भएको र वालमैत्रि विद्यालय भवन निर्माण गरेको प्रति सहयोगि निकायलाई विव्यस अध्यक्ष मान बहादुर पुरीले धन्यवाद दिनुभयो । प्लान ईन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपालको शिक्षा परियोजना अन्तर्गत उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । 

हस्तान्तरण कार्यक्रममा बोल्दै क्षेत्रिय प्रबन्धक मिना पराजुलीले यस्तो विकट गाउँमा कोभिडको संक्रमणका विचमा पनि राम्रो विदयालय तयार गरेको भन्दैे समुदायलाई धन्यवाद दिनुभएको छ । उहाँले शिक्षाको क्षेत्रमा र वालवालिकाको क्षेत्रमा प्लान ईन्टरनेश्नल नेपालले विभिन्न ठाउँमा यस्तो सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गरिरहने बताउनु भएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर