अर्थ जङ्ग शाही---
बझाङ
बझाङको सुर्मा गाउपालिका – २ पटिउडिमा रहेको नेपाल टेलिकमको टावर मर्मत नहुँदा वडाबासी सञ्चार विहिन बनेका छन ।
लामो समयदेखी बिग्रीएको उक्त टावर मर्मत नहुँदा फोन एवम् ईन्टरनेट लगायतका सेवाहरुबाट स्थानियबासी बञ्चित बनेका हुन ।
ईन्टरनेट सेवा अबरुद्ध भए पछि गाउँ ठाउँका सुचना तथा समाचारहरु आदान प्रदानमा समस्या भईरहेको सोही वडाका स्थानिय रमेश बहादुर बोहराले बताए ।
एक महिना अघि राम्रै काम गरिरहेको उक्त टावर अकस्मात विग्रिदा समस्या भएको उनले बताए । उनका अनुसार त्यहाँबाट टावर सारेर अर्काे ठाउँमा लैजानुपर्ने भएकाले मर्मत नगरिएको बुझ्नमा आएको थियो ।
तर अर्काे ठाउँमा बनाईने भनेको टावरको समेत काम अगाडी नबढेको र पुरानो टावरबाट निकालिएका सामग्रीहरु टावरमै मुनीपट्टि राखिएको बोहराले बताए ।