Breaking News

कोरोना रोकथाम तथा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह विषयक छलफल

Jan Tue 2022 11:54:22

124 views

कोरोना रोकथाम तथा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह विषयक छलफल

बाजुरा ........

कोरोना रोकथाम तथा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह विषयक छलफल कार्यक्रम बुढीनन्दा नगरपालिकामा सम्पन्न भएको छ । बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखाको आयोजना र पीसविन बाजुराको सहयोगमा कोरोना रोकथाम तथा स्वास्थ्य सेवा प्रवाह विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

बुढीनन्दा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष भिम बहादुर कार्किको अध्यक्षतामा संचालन भएको छलफल कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपाने, स्वास्थ्य शाखा प्रमुख जसे लुवार प्राथमिक स्वास्थ्य चौकी कोल्टीका प्रमुख डा. डिकेन्द्र संज्याल, प्राथमिक स्वास्थ्य चौकी कोल्टीका व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १ का वडा अध्यक्ष नृपराज खत्रि स्वास्थ्य ईकाईका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थितीमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

बुढीनन्दा नगरपालिकाका स्वास्थ्य शाखाले प्रवाह गर्ने स्वास्थ्य सेवाका विषयमा व्यापक छलफल गरिएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य शाखा र नगरपालिकाले थालेको पुर्व तयारी र वर्तमान अवस्थाका विषयमा पनि छलफल गरिएको छ । प्राथमिक स्वास्थय चौकी कोल्टीमा अक्सीजन सिलिण्डर खालि रहेको हुँदा तत्काल अक्सीजन सिलिण्डर भर्ने र खोपका विषयमा आम नागरिकहरुलाई जानकारी गराउने बताइएको छ ।

नगरपालिकामा स्वास्थ्यकर्मीहरुले आफ्नो मनोमानि तरिकाले चल्दा स्वास्थ्य सेवा प्रवाहमा केहि समस्या भएको समेत बताइएको छ ।  छलफलमा बोल्दै स्वास्थ्य शाखा प्रमुख जसे लुवार र डा. डिकेन्द्र संज्यालले कोरोना भाईरसवाट वच्नका लागि र नागरिकहरुलाई बचाउनका लागि स्वास्थयकर्मि खटिरहेको र स्वास्थ्यकर्मिलाई जोखिम भत्ता उपलब्ध नहुँदा स्वास्थ्यकर्मि परिचालनमा समस्या भएको बताउनु भएको छ ।

प्राथमिक स्वास्थ्य चौकी कोल्टीका व्यवस्थापन समितिका अध्यक्ष नृपराज खत्रिले पावर र नेताको आडमा आएका कर्मचारीलाई काम गराउन निकै समस्या रहेको बताउनु भयो । प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा वजेटको अभाव रहेको र कतिपय कामहरु नगरपालिका मार्फत सिधै कोटेसन गरेपनि समयमै काम सम्पन्न नहुने र लापर्वाही हुने गरेको गुनासो गर्नुभयो ।


कार्यक्रमका अधयक्ष भिम बहादुर कार्किले अहिले देशभरि कोरोनाका तेस्रो लहर आईरहेको समयमा सबै मिलेर उसलाई न्यूनिकरण गर्नुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्यकर्मि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भगवान सहर रहेको भन्दै अझै पनि नागरिकहरुलाई कोरोनावाट बचाउनका लागि थप भुमिका निर्वाह गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रमको संचालन पीसविन वाजुराका सुसासन सहजकर्ता जयलाल विकले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर