Breaking News

हिमाली गाउँपालिकामा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाल र व्यवासायि सँग छलफल ।।

Jan Sat 2022 09:44:49

208 views

हिमाली गाउँपालिकामा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाल र व्यवासायि सँग छलफल ।।


बाजुरा-----

कोरोना भाईरस रोकाथाम तथा नियन्त्रणका लागि हिमाली गाउँपालिकाले सरोकारवाला निकाय र व्यवसायि सँग छलफल गरेको छ । कोरोना भाईरसको तेस्रो लहर आएपछि जिल्लामा कोरोना संक्रमण दर पनि दिन प्रतिदिन बढ्दै गएको वेला हिमाली गाउँपालिकाले कोरोना भाईरस रोकाथाम उपचार तथा नियन्त्रणका लागि आज व्यवसायि र सरोकारवासँग छलफल गरेको हो ।


शनिवार हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा वसेको बैठकले प्रतेक नागरिकहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउन सचेतना जोगाउने निर्णय गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताउनु भयो । साथै हिमाली गाउँपालिकाका विभिन्न क्षेत्रमा संचालनमा रहेका होटल र पसल राति ८ वजे नै बन्द गर्ने निर्णय गरिएको भण्डारीले बताउनु भयो ।


कोरोना भाईरस रोकाथाम तथा नियन्त्रणका लागि हिमाली गाउँपालिकाकाले मात्र नसक्ने भन्दै कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि राजनितिक दल, व्यवसायि, आम नागरिकहरु एक जुट भएर लाग्नु पर्ने  निर्णय गरिएको बताउनु भयो । यो महामारीवाट बच्नका लागि सबैले मास्कको अनिवार्य प्रयोग र स्वास्थ्य सुरक्षाका मापदण्ड सबैले अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत भण्डारीले जानकारी दिनु भयो ।


बैठकमा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारी स्वास्थ्य शाखाका प्रमुख राजनितिक दलका प्रतिनिधि, कर्मचारी स्वास्थ्यकर्मि, जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर