Breaking News

कालिकोटमा १३८ जनामा कोरोना परिक्षण गर्दा ६२ जनामा ओमिक्रोन पुष्टि ।।

Jan Wed 2022 07:14:12

176 views

कालिकोटमा १३८ जनामा कोरोना परिक्षण गर्दा ६२ जनामा ओमिक्रोन पुष्टि ।।


कालिकोट

कालिकोट जिल्लामा दिन प्रतिदिन कोरोना भाईरसको तेस्रो लहर ओमनिकोरोना बढिरहेकोछ । पौष २५ गतेबाट कालिकोट जिल्लाको केहि स्थानहरुमा १३८ जनामा एन्टिजेन्ट किटबाट कोरोना चेकजाच गर्दा ६२ जनामा  संकरमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका सुचना अधिकारी कटक महतले बताउनु भयको छ । उहाँका अनुसार ओमनिक्रोना संकरमित भएका २ जना डिसचार्ज भैसकेको र बाकि १७ जना महिला, ४३ जना पुरुषमा संक्रमण पुष्टि भएको बताउनु भयको छ । उहाँका अनुसार खाडाचक्र नगरपालीकामा ४३, शुभकालिका गाउँपालीकामा ३, शान्नि त्रिबेणी गाउँपालीकामा ४, तिलागुफा नगरपालीकामा ११ र महाँबै गाउँपालीकामा १ जना संकरमित रहेको बताउनु भयो । जिल्लाका अरु पालिकाहरुमा भने एन्टिजेन्ट किट बाट ओमनिकोरोना परिक्षण नभएकाले कुनैपनि जानकारी प्राप्त नभएको बताईयको छ । महतका अनुसार कोभिड खोप लगाएका नागरिकहरुमा धेरै समस्या नदेखिने र कोरोनाको संकरमण देखिएमा होम आईसुलेसनमा बसेर स्वास्थ्य सुरक्षामा ध्यान दिदै पौटिक आहार प्राप्तहुने झोलिलो खानेकुरालाई ध्यान दिन आग्रह गर्नुभयो । विश्वका विभिन्न मुलुकहरुवाट फैलिएको तेस्रो लहकार ओमनिकोरोना भाईरसबाट आफु सुरक्षित रहन र अरुलाई सुरक्षित राख्न नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयले भिडभाड नगर्न आर्ग्रह गरेकाले यो नियमको पालना गर्न जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका जन स्वास्थ्य अधिकृत तथा सुचना अधिकारी बटक महतले सबैलाई अनुरोध समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर