Breaking News

फुकोट कर्णाली अर्धजलाशययुक्त जलविधुत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकननको सार्वजनिक सुनुवाई

Jan Mon 2022 04:48:39

776 views

फुकोट कर्णाली अर्धजलाशययुक्त जलविधुत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकननको सार्वजनिक सुनुवाई

कालीकोटः


फुकोट कर्णाली अर्धजलाशययुक्त जलविधुत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकननको सार्वजनिक सुनुवाई गरिएको छ । वातावरणिय प्रभाव मुल्यांकनको बारेमा सार्वजनिक सुनुवाई गरिएको हो ।

कालीकोट जिल्लामा निमार्ण हुने ४ सय ८० मेगावट क्षमताको जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई गरिएको थियो । वातावरणीय प्रभाव मुल्यांकनका बारेमा नागरिकलाई जानकारी दिनका लागि सार्वजनिक सुनुवाईको आयोजना गरिएको थियो । फुकोट कर्णाली अर्धजलासययुक्त जलबिधुत आयोजनाका आयोजना प्रमुख हिरामान वाईवा मुख्य जवाफदेहि बक्ता, खाडाचक्र नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डे, वडा नं ११ का वडाध्यक्ष पुष्पराज गिरी वडा नं २ का वडाध्यक्ष बिर्खसिह बिक जवाफदेहिबक्ताका रुपमा रहेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले भने असन्तुष्टि जनाएका छन् । जवाफदेहि बक्ता एवं सार्वजनिक सुनुवाई कार्यक्रमका अध्यक्ष समेत रहेका खाडाचक्र–११ का वडाध्यक्ष पुष्पराज गिरीले समेत आफु जानकार नभएको बताएका थिए ।

सार्वजनिक सुनुवाईमा आफ्नो जिज्ञासा राख्दै रगुजंग शाहीले सार्वजनिक सुनुवाईको मोडालिटी नभएको बताएका थिए । उनले ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएको प्रतिक्रिया दिएका थिए । उनले अर्धजलाशयको काम हुनुपूर्व कालीकोटलाई विकास गर्ने, कालीकोटका जनतालाई रोजगारी प्रदान गर्ने आश्वासन भएपनि अहिलेसम्म हुन नसकेको बताए ।

आफुहरुले रेगिल छोड्नुपर्ने भएकाले अव छोड्नै लागेको बताए । फुकोट कर्णाली अर्धजलाशययुक्त जलविधुत आयोजनाको सवस्टेशन रेगिंलमा बन्ने भएकाले आफुहरुले सोचे अनुसारको मुआव्जा समेत नपाएको गुनासो राखेका थिए । रेगिंलका महिलाहरुले गितबाटै आफुले पुर्खौदेखि भोगचलन गर्दै आएको जमिन छोडनु पर्दा मन रोएको भन्दै गितबाट मनका बह पोखेकी थिइन् । सार्वजनिक सुनवाईमा नागरिकका प्रश्न भन्दा पनि बढी आफुले पुख्र्यौलि थलो छोड्दाका बह सुनाएका थिए ।

by: ekarnalipati.com


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर