Breaking News

हिमाली गाउँपालिकामा नेपाल टेलिकमको सव टावर निर्माण कार्य जारी, अवको केहि दिनमा संचालनमा आउने ।।

Jan Sun 2022 12:47:49

683 views

हिमाली गाउँपालिकामा नेपाल टेलिकमको सव टावर निर्माण कार्य जारी, अवको केहि दिनमा संचालनमा आउने ।।


बाजुरा------

जिल्लाकै विकट हिमाली गाउँपालिका स्थानिय सरकार पछि सुगम हिमाली गाउँपालिका बन्दै गएको छ । शिक्षा, स्वास्थ्य, विजुली बत्ति, खानेपानि, सरसफाई सडक पुर्वाधार निर्माण लगायतका योजनामा उल्लेख्य भुमिका निर्वाह गरेको हिमाली गाउँपालिकाले गाउँपालिकाका सबै वडा टोल वस्तिमा ईन्टरनेट मोवाईल टावरको पहुँच पुगाउने भएको छ ।


मोवाईल टावरको समस्या झेल्दै आएका हिमाली गाउँपालिकाका स्थानिय अव मोवाईल नेटवर्कको लागि डाडाकाडा धाउनु पर्ने बाध्यताको अन्त्य हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताउनु भयो । गाउँपालिकाको केन्द्रमै मोवाईल नेटवर्कको समस्या रहेको अवस्थामा नेपाल टेलिकमको सँगको समन्वयमा हिमाली गाउँपालिकाले सव स्टेशन टावर निर्माण गरेको भण्डारीले बताउनु भयो ।


हिमाली गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल टेलिकमको सव टावर निर्माण गरि अव हिमाली गाउँपालिकाका टोल टोलमा मोवाईल टावर र ईन्टरनेट सेवा विस्तार गरिने गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताउनु भयो । उहाँले नागरिकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सव टावर निर्माण कार्य सम्पन्न भएको र अवको केहि दिनमा टावर संचालनमा ल्याइने मल्लले बताउनु भयो । स्थानिय तहमा आफु निर्वाचित भएर आएपछि नागरिकहरुका हरेक आवश्यकता पुर्ति गर्दै आएको र वाँकी रहेका केहि कामहरु निर्माणको चरणमा रहेको मल्लले बताउनु भयो ।


आफुले हिमाली गाउँपालिकाको विकास र निर्माणका लागि आफुले चुनावको वेला गरेका हरेक चुनावि एजेण्डाहरु पुरा गर्दै अगाडी बढेको बताउनु भयो । समृद्ध हिमाली गाउँपालिका खुसि हिमाली वासिको नारा पनि पुरा हुँदै गएको अध्यक्ष मल्लले बताउनु भयो । सव टावर निर्माणका लागि सोलार जडान र घर निर्माण कार्य सम्पन्न भएको टावर जडानको काम मात्र वाँकी रहेको भण्डारीले जानकारी दिनु भयो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर