बाजुरा----
कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ९२ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको वडाध्यक्ष मिनबहादुर शाहीले बताएका छन् । उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको वडाध्यक्ष शाहीले बताए ।
उपचारपछि घर फर्किएका बुढा होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको हो । मृतक बुढाको स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दाहसंस्कार गरेको वडाध्यक्ष शाहीको भनाई रहेको छ ।बुढाको मृत्यु भएको दुर्गा भञ्जन गुल्मलाइ खवर गरेको भएपनि आउन सम्भव नभएकाले सेनाको सुझाव अनुसार स्थानीयले शव व्यवस्थापन गरेको वडाध्यक्ष शाहीले बताए ।
मृतक बुढासंग आएका आफन्त होमआईसोलेसनमा बसेका छन् । बाजुरामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुदै गएको छ । हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।तिमध्ये बडीमालिका नगरपालिकामा ८ जना,बुढीगंगामा १ जना र बुढीनन्दा नगरपालिकामा २ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयल बाजुराले जनाएको छ ।
2 weeks ago