Breaking News

कर्णाली प्रदेशमा कोरोना संक्रमण दर बढ्दै ।।

Jan Fri 2022 04:22:26

183 views

कर्णाली प्रदेशमा कोरोना संक्रमण दर बढ्दै ।।


सुर्खेत ----


 पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमण ९कोभिड–१९० बढ्दो छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक बुधबार कर्णालीमा २१ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । अर्थात संक्रमण दर ७६ प्रतिशत छ ।


सोही दिन ११२ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनालाई पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । त्यस्तै बिहीबार ७ जनाको पीसीआर गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर पोजेटिभ दर ५७ प्रतिशत देखिएको हो । सोही दिन ७९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा १२ जनामा संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।


प्रदेशमा ११३ जना संक्रमितहरु होमआसोलेसनमा छन् । जस्मा सुर्खेतमा ७७ जना, सल्यानमा २६ जना, कालिकोटमा ६ जना, दैलेखमा २ जना, रुकुमपश्चिम र जाजरकोटमा एकरएकजना छन् ।

पछिल्लो समय बढ्दै गएको संक्रमण दरले कोभिडको तेस्रो लहरको संकेत गरेकोे प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा। रविन खड्का बताउँछन् । आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरे गत वर्ष जेठ–असारको नियति दोहोरिन सक्ने उनले बताए ।


‘संक्रमण दर ह्वात्तै बढेको छ, जनस्वास्थ्यको मापदण्ड पालनामा हेलचेक्र्याइँ भइरहे हामीले गत जेठ–असारमा भोगेको नियती फेरि नआउँला भन्न सकिन्न’ डा। खड्काले भने ‘पछिल्लो तथ्यांक केलाउँदा भयावह स्थिति आउन सक्ने आंकलन सहजै गर्न सकिन्छ ।’


गत वर्ष जेठ–असार महिनामा कर्णालीमा कोरोना संक्रमण दर उच्च थियो । संक्रमणदर ९० प्रतिशतभन्दा माथि पुगेको निर्देशनालयको तथ्यांक छ । मेडिकल अक्सिजनको हाहाकार हुँदा कोरोना विशेष अस्पतालहरूलाई नै संक्रमित बिरामीको उपचार गर्न हम्मेहम्मे भएको थियो ।

समयमै सतर्कता नअपनाए सोही अवस्था यो पटक पनि आउन सक्ने स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ । प्रदेशका प्रवेशद्वारमा विशेष सतर्कता अपनाउनु पर्ने उनीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर