काठमाडौं----
नेपालमा कोरोना सङक्रमणको दर बढ्दै गएको छ । गएको २४ घण्टामा देशभर ५ हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार ५ सय ६० जनामा गरिएको कोरोना परीक्षणमा ५ हजार ८७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ३ सय ६ जना सङक्रमणमुक्त भएका छन् । भने ३ जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो । नेपालमा हाल सङ्क्रमणदर २४ दशमलव ७४ प्रतिशत देखिएको छ ।
अहिले देशभर कोरोनाका सक्रिय सङ्क्रमित १८ हजार २ सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमित मध्ये हालसम्म ८ लाख १५ हजार ६ सय ५३ जना निको भएका छन् । यस्तै हालसम्म कुल ११ हजार ६ सय १३ जनाको मृत्यु भएको छ ।
2 weeks ago