Breaking News

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

Jan Mon 2022 08:37:26

183 views

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ ।


मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारीमा छौं’ शर्माले अनलाइनखबरसँग भने, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।’


कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर