Breaking News

जगन्नाथ गाउँपालिकामा पहिलो दिनै ८५ जनालाई नागरिकता वितरण

Dec Thu 2021 09:09:19

200 views

जगन्नाथ गाउँपालिकामा पहिलो दिनै ८५ जनालाई नागरिकता वितरण


रुकुम योगी, बाजुरा------

जगन्नाथ गाउँपालिकामा नेपाली नागरिकता वितरण शिविर सुरु भएको छ । जगन्नाथ गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय बाजुराको सहजीकरणमा नागरिकताको प्रमाण पत्र वितरण गर्न सुरु गरिएको जनगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताउनु भयो । नागरिकता वितरण गर्नका लागि जिल्ला बाट नागरिकता टोली जगन्नाथ गाउँपालिकामा आएको जोशिले बताउनु भयो । 


विहिवार सुरु भएको नागरिकता वितरणमा मानिसको चाप हेरेर २ , ३ दिन सम्म समय लाग्ने जिल्ला प्रशासन कार्यालय बाजुराका कम्प्युटर अप्रेटर नैन रावल ले बताए । कम्प्युटर अप्रेटर रालका अनुसार जिल्लामा आउन नसक्ने , आर्थिक अवस्था कमजोर भएका,अपाङ्ग असक्त लगाएतलाई नागरिकता वितरण गरिने छ । गाउँपालिकामा नयाँ नागरिकता मात्र वितरण गरिने भएको छ । नागरिकता वितरण सगैँ मतदाता नामावलि पनि दर्ता गरिने भएको छ ।


मतदाता नामावलीमा वडा फरक परेका व्यक्तिले जिल्ला निर्वाचन कार्यालय बाजुरा मै गएर सच्याउनु पर्ने गाउँपालिका रोजगार संयोजक जोशी ले बताए । नागरिकताको प्रतिलिपि लिनका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामै जानुपर्ने अप्रेटर रावलले बताए । नागरिकता वितरण कार्य जगन्नाथ गाउँपालिकाको कार्यालय जुड्डीमा सुरु गरिएको छ ।


गाउँपालिकामै आएर जिल्ला प्रशासन कार्यालय बाजुराको टोलीले नागरिकता वितरण गर्न सुरु गरे पछि स्थानियले  खुसी व्यक्त गरेका छन् । पहिलो दिनमा नै ८५ वटा नागरिकता र ५१ ज्ना फोटो सहितको मतदाता नामवली दर्ता गरेका छन । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर