Breaking News

गाएक तथा गितकार मनबहादुरको मनछुने गीत ‘नुनलिन जाँदैछ’ बजारमा सार्वजनिक ।।

Dec Thu 2021 08:13:31

195 views

गाएक तथा गितकार मनबहादुरको मनछुने गीत ‘नुनलिन जाँदैछ’ बजारमा सार्वजनिक ।।


बाजुरा---

गायक तथा गीतकार मनबहादुर रोकायाको नयाँ गीत नुनलिन जाँदैछ  बजारमा आएको छ । सुदूर पहाडीमा पर्ने अति दुर्गम क्षेत्रका समस्या र संभावनालाई उठान गरिएको देउडा ठाडी गीत खप्तड डिभिजन म्यूजिक प्रालि मार्फत बजारमा आएको हो । तीन दशक देखि गायन क्षेत्रमा सक्रिय रोकायाले सुदूर पश्चिम बिशेष गरि बझाग, बाजुरा, अछाम, हुम्ला, जुम्ला, मुगु सहीतका जिल्ला बासीले भोग्नु परेका पीडा, सहनु परेका दुख र समस्यालाई गीतका माध्यमबाट सुनाउन खोजेका छन् । 


सुनकन सिरान हाली नुनलिन जादैछ शिर्षक नै राखिएको गीतले यहाँको संभावनालाई समेत उजागर गर्न खोजिएको छ । सुन जस्तै मूल्यवान स्थलहरु भएपनि खाने नुनका लागि भारी बोक्नु पर्ने पीडा गीतमा बोलिएको छ ।२०४७ सालदेखि स्टेज गीत गाउन थालेका रोकायाले लामो समय शिक्षण पेशामा समेत बिताएका थिए । २०५७ सालमा बैगुनीलाई गीती एल्बम बजारमा ल्याएका रोकायाले नौलि हदेली गीती एल्बम पनि श्रोतालाई सुम्पीसकेका छन् । 


आफ्नै लय र स्वर दिन सक्ने क्षमताका रोकायाले हालसम्म २ दर्जन बढी गीतहरु बजारमा ल्याएका छन् । स्थानीय मौलिक पहिचान र सँस्कृतिसँग मेल खाने र यहाँको दुख पीडालाई समेटेर गीग लेख्ने र गाउने गरेका छन् । बजारमा आएको सुनकन सिरान हाली नुनु लिन जाँदैछ बोलको गीतमा स्वर, शब्द र लय मनबहादुर रोकायाको नै छ । भने म्युजिक भिडियोको निर्देशन भीम थापाले गरेका छन् । डिबी रौलेले छायाकंन गरेको म्युजिक भिडियोमा नवराज कटेलको अभियान छ ।


बाजुरा सहीत छिमेकी जिल्लाका पर्यटकीय संभावना, सुन्दरता, र समृद्धिका बिषय र समस्याका मुल कुरालाई गीतमा उठाउन खोजिएको छ । दुर्गम क्षेत्र समस्या मात्र होइन संभावनाको खानी पनि हो, भन्ने सन्देश दिन खोजिएको गीत मौलिकपन झल्किने ठाडी भाकामा गाईएको छ ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर