कालिकोट------
नेपाली काग्रेंस कालिकोटका निवर्तमान जिल्ला सभापति तथा नेपाली काग्रेंसका युवा नेता हर्ष बहादुर बम नेपाली काग्रेंसको १४ औँ महाधिवेसनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन ।नेतृत्वमा युवा आउनु पर्ने युवा सवाल उठिरहेको बेला सबै जिल्लाका निबर्तमान सभापति मध्य सक्षम र सक्रिय सभापतिका रुपमा स्थापित भएका बमले सवल,सक्षम र सुदृढ काग्रेंस वनाउनका लागि ईटा थप्न आफु केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उनले बताएका छन ।
नेपाली काग्रेंस कालिकोटको सभापति हुँदा कालिकोटमा नेपाली काग्रेंस पार्टिलाई वलियो वनाउनका लागि ,संगठन विस्तार देखि लिएर पार्टि भित्रको गुट उपगुटको अन्त्य गर्नका लागि समेत महत्वपुर्ण भुमिका निर्वाह गरेका बमले कोरोनाको कहरमा समेत जिल्लामा निर्बिबाद रुपमा क्रियाशिल बितरण लाई १६००मा बढाएर ४७०० बढी क्रियाशिल बितरण गर्न सफल सभापति बमको नेतृत्वमा८२ वटा वडा र ९ वटा पालिकामा २ वटा प्रदेश निर्बाचन क्षेत्र क र ख अनि जिल्ला तहमै सर्बसम्मत नेतृत्व चयनका लागि महत्वपुर्ण भूमिका खेलेका कारण निकै चर्चित यूवा नेता बम जति सफल भएका छन त्यति मिडिया र प्रचारबाजीमा भने कमै आउने गर्दछन ।
जिल्ला सभापति भएर प्रदेश र संघ कुनैको पनि टिकट नलिएर निरन्तर जिल्लामा बसेर संगठन निर्माण गरेका बम जिल्ला पाटीको जिल्ला सचिब र महाअधिबेशन प्रतिनिधी हुदै जिल्ला सभापतिमा १३ औं महाअधिबेशन तथा छैटौ जिल्ला अबिधेशनमा आन्तरिक प्रतिष्पर्धामा लोकप्रिय मतका साथ निर्बाचित बमले आफ्नो कार्यकालमा जिल्ला पाटी कार्यालय निर्माण गर्ने संगठन सुदृढीकरण अभियान थाल्ने चुनाबी घोषणा र कार्यकालको कार्ययोजना पुरा गरेको महत्वपुर्ण कार्य निकै प्रशंशनिय बनेकोछ कालिकोटको सर्ब सम्मत नेतृत्व चयन पश्चात अन्य जिल्लामा समेत थप नैतिक दबाफ परेर सर्ब सममतको बाटो राजेको दखिन्छ ।
सभापति निर्बाचित भए पश्चात सबै पक्षको सहभागिता हुने गरि पदाधिकारी चयन र सदस्य मनोनयन गरेका कारण सबै बिचार समुहको मन जितेर जिल्लामा १४ औ. महाअधिबेशन अन्र्तगत ७ औ जिल्ला अबिधेशन सर्बसम्मत नेतृत्व चयन गर्न सफल भएको हो ।उनले भने,एक कार्यकाल जिल्ला सभापति बनिसके ।पार्टिलाई जिल्लामा वलियो वनाउनका लागि आफुले गरेको कामको आधारमा पनि आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने केन्द्रीय सदस्यमा सबै मतदाताले आफुलाई जिताउनेमा पनि विश्वस्त रहेको बमले बताएका छन ।
उनले राजनिति क्षेत्रमा कालिकोट जिल्लाले पनि केन्द्रमा नेतृत्व लिन आवश्यक रहेको बताउदै बमले आफ्नो अनुभव र आफुले गरेका विभिन्न कामहरुको मुल्यांकनका आधारमा आफु केन्द्रीय सदस्यमा निर्बाचित हुने बिश्वास लिएका छन ।आफु एक कार्यकाल जिल्ला सभापति बनिसकेपछि जिल्लामा गुट उपगुटको अन्त्य गरि सर्व सहमत रुपमा नयाँ नेतृत्व चयन गर्न सफल रहेको बताउँदै नेता बमले अव पुरै काग्रेंस पार्टिलाई गुट र उपगुटको अन्त्यको आवश्यक रहेको बताए ।केन्द्रीय सदस्यमा निर्बाचित भए पश्चात गुट उपगुटको अन्त्य सँगै नेपाली काग्रेंस पार्टिलाई चलायमान राख्नका लागि र सुदृढ काग्रेंस निर्माणका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने पनि बमले बताएका छन ।