रुकुम योगी, बाजुरा-----
नेपाली काग्रेंसको १४ औँ महाधिवेसन अन्तर्गत पहिलो प्रदेश अधिवेसनमा सुदुरपश्चिम प्रदेशमा नेपाली काग्रेंसका यूवा नेता नरेन्द्र कुमार रोकायाले सह महामन्त्रिमा उम्मेदवार दिनु भएको छ ।
आज उहाँले सह महामन्त्रिमा आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिनु भयो । जिल्ला समन्वय समिति वाजुरा प्रमुख समेत रहनु भएका युवा नेता रोकायाले प्रदेश अधिवेसनमा सह महामन्त्रिमा उम्मेदवारी दिनु भएको हो ।
वाजुरा जिलला निर्वाचन क्षेत्र नं. क् को सभापति पदका उम्मेदवार रहेका रोकायाले सहमतिमा सभापति छाड्नु भएको थियो भने प्रदेश अधिवेसनमा संस्थापन ईतर पक्षवाट सह महामन्त्रिमा उम्मेदवारी दिएको बताउनु भयो ।
उहाँले प्रदेश अधिवेसन सर्व सहमत रुपमा नेतृत्व चयन गर्ने तयारी भईरहेको बताउनु भयो । उहाँले आफु सह महामन्त्रिमा मतदान गरिेपनि जित सुनिश्चित हुने बताउनु भयो ।
प्रदेशका ९ वटै जिल्लाका नेता कार्यकर्ता तथा प्रतिनिधिहरुले आफुलाई मत दिएर जिताउने समेत विशवास ब्यक्त गर्नुभयो ।
1 month ago