Breaking News

बुढीनन्दा नगरपालिकामा पनि ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईयो ।।

Dec Fri 2021 10:04:21

180 views

बुढीनन्दा नगरपालिकामा पनि ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईयो ।।

रुकुम योगी, बाजुरा----

बुढीनन्दा नगरपालिकामा पनि ३० औँ अन्तराष्टिय अपाङ्गता दिवस तथा सुचना अभियान मनाइएको छ । बुढीनन्दा नगरपालिकाको आयोजना, पीसविन, आई एन एफ र जिल्ला हलिया मुक्ति समाजको सहयोगका कोल्टी वजारमा र्याली सहित वजार परिक्रमा गरि ३० औँ अन्तराष्टिय अपाङ्गता दिवस मनाइएको छ । ’समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारा सहित विश्वभर मनाइएको हो । नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ मनाइएको छ ।

अपाङ्गतालाई रोजगारीको ब्यबस्था गरौँ, अपाङ्गतालाई घृणा हैन माया गरौँ, अपाङ्गमैत्री संरचना निर्माण गरौँ भन्ने विभिन्न नाराका साथ वजार परिक्रमा गरि शिब मिलन पार्कमा कोणसभाको आयोजना गरिएको थियो । महिला तथा बालबालिका अधिकृत गंगा गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बुढीनन्दा नगरपालिका वडा नं छ का वडा अध्यक्ष दल बहादुर भाट प्रमुख अतिथी रहनुभएको थियो । 

३ डिसेम्बरलाई सन् १९९२ देखि संयुक्त राष्ट्रसंघले अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने गरेको छ । अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्न, विभिन्न चुनौतिहरुको समाधान निकाल्न, अपाङ्गतासम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो । कागजी कानुनमा सुनौला अक्षरमा  अपाङ्गता भएका व्यक्तिहरूको सवालहरूलाई उल्लेख गरिएको भएतापनी मानव अधिकार, विकास, मानवीय संवेदनासँग जोडेर नीति नियम कानुन, कार्यक्रम तथा अन्य विकासका संरचनाहरू नबन्ने परिपाटीले गर्दा १.९४ प्रतिशत अर्थात् ५,१३,३२१ जना अपाङ्गता भएका नेपाली नागरिक एक्काइसौँ सताव्दिमा अधिकारविहीन भई दोस्रो दर्जाको नागरिकको रूपमा जीवन जिउन विवश छन् ।

जसमध्ये शहरीक्षेत्रमा १.२१ र ग्रामीण क्षेत्रमा २ं.०९ प्रतिशत रहेको देखिन्छ । कोणसभामा वोल्ने बक्ताहरुले सरकारी तथा सार्वजनिक भौतिक संरचना पहुँचयुक्त नहुँदा अपाङ्गता भएका व्यक्तिले कतिपय कार्यक्रममा सहभागिताको अधिकारबाट वञ्चित हुनु परेको बताएका छन । स्थानीय तहमा अपाङ्गता सशक्तीकरण र विकासका लागि बजेट नियमानुसार विनियोजन नभएको, बाटो खनी रहेका छौ अपाङ्गता भएका व्यक्तिलाई हिडन के बाटो चाहिँदैन र भन्ने प्रश्न तेस्र्याईने गरेको बताएका छन । लक्षित वर्गको बजेट विकास निर्माणमा खर्च गनुपर्ने र सामाजिक समावेशिता र महिला तथा बालबालिका कार्यालय मार्फत सञ्चालित सिबिआर कार्यक्रमलाई स्थानीय तहबाट  निरन्तरता दिनु पर्ने बताएका छन ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि सीपमूलक तालिम ,आयआर्जन, लोक सेवा आयोगको तयारी कक्षा, साङ्केतिक भाषा तालिम, ब्रेल लिपि र आवागमन सामग्रीको  अभाव रहेको र समान सहभागितामूलक विकास कार्यक्रमको अवधारणा अनुसार महत्त्वपूर्ण निर्णय गर्दा  अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता अनिवार्य गराउनु पर्ने सारोकारवाला निकाएको भनाई छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर