Breaking News

आर्थिक अभावमा उपचार नपाएकी श्रीमतीको उपचारका लागि सहयोग गरिदिन श्रीमान ल्वारको आग्रह ।।

Nov Tue 2021 01:10:22

150 views

आर्थिक अभावमा उपचार नपाएकी श्रीमतीको उपचारका लागि सहयोग गरिदिन श्रीमान ल्वारको  आग्रह ।।


रुकुम योगी, बाजुरा---

बुढीनन्दा नगरपालिका वडा नं. १ पीपलडाली निवासी रंगी ल्वारकी श्रीमती विउरा ल्वार आर्थिक अभावका कारण औषधि उपचार गर्न नपाएर जिवन मृत्यूको मुखको पुग्नुभएको छ । घरको आर्थिक अवस्था कमजोर रहेको हुँदा समयमै औषधि उपचार गर्न नपाउँदा उहाँ जिवन र मृत्यूको दोसाधमा पर्नुभएको छ ।


उहाँका श्रीमान रंगी ल्वार विगत २० बर्ष देखि हलियाको काम गर्दै आउनु भएको छ । विउरा ल्वारले दैनिक ज्यालादारीमा काम गरेर घरपरिवारको गुजारा चलाउने गरेको भएपनि अहिले उहाँको शरिर भरी डल्लो जस्तो दाना खालको फोका उठेकोले काम गरेर परिवार पाल्न निकै मुस्किल भएको छ । सरिरमा के विराम हो भन्ने थाहा पाउनका लागि राम्रो अस्पतालमा गएर जाँच गर्न पनि नसकिएको उहाँका श्रीमान ल्वारले बताउनु भयो ।


काम गरेर विहान वेलुकाको छाक टार्ने ल्वारको परिवारलाई श्रीमती विरामी भएपछि अहिले छाक टार्न निकै मुस्किल भएको छ । श्रीमती विरामी भएपछि ज्यालादारी काम गर्न पनि नपाएको आफुलाई श्रीमतीको हेरचाह गर्नमै समय वित्न थालेको हुँदा खानाको जोहो गर्न समेत मुस्किल भएको ल्वारले बताउनु भयो । उहाँले श्रीमतीको उपचारका लागि विभिन्न निकाय तथा सहयोगी मनहरु प्रति आग्रह गर्नुभएको छ । उहाँले श्रीमतीको उपचार गर्नका लागि आर्थिक श्रोत नभएको हुँदा विभिन्न ब्यक्तिसँग सहयोग मागिरहनु भएको छ ।


उनका श्रीमान ल्वारले सहयोगका लागि आफ्नो मोवाईल नं.९८६८५७७७९४ मा खवर गर्न पनि आग्रह गरेका छन । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर