Breaking News

बुढीनन्दा नगरपालिकाका कृषि र स्वास्थ्य शाखाका प्रमुखलाई गुनासो नै गुनासो, समन्वयको अभाव ।।

Nov Sun 2021 12:55:54

60 views

बुढीनन्दा नगरपालिकाका कृषि र स्वास्थ्य शाखाका प्रमुखलाई गुनासो नै गुनासो, समन्वयको अभाव ।।


रुकुम योगी, बाजुरा---

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाका कृषि विकास शाखा र स्वास्थ्य शाखालाई गुनासो नै गुनासो आएको छ । नगरपालिकाको आयोजना र पीसविन वाजुराको समन्वयमा आईतवार भएको सार्वजनिक बहस कार्यक्रममा स्वास्थ्य चौकीका प्रतिनिधि र कृषकहरुले शाखा प्रमुख लाई विभिन्न गुनासो गरेका छन ।  पीसविन वाजुराले २ महिना पहिले कोल्टी र पाण्डुसैनमा गरेको सार्वजनिक वहस कार्यक्रममा उठेका सवालहरु त्था समस्याहरु २ महिना सम्म पुरा नभएको पाईएको छ ।


कृषकहरुले कृषि शाखावाट पाउनु पर्ने विभिन्न सेवा सुविधाहरु समयमै पाउन नसकेको गुनासो गरेका छन । बुढीनन्दा नगरपालिकामा रहेका स्वास्थ्य चौकी र स्वास्थ्य शाखाहरुविच आवश्यक समन्वय नहुँदा विभिन्न समस्या उत्पन्न भएको पाइएको छ । स्वास्थ्य चौकीका प्रमुखहरुले समयमै औषधि उपलब्ध नभएको गुनासो गरेका छन । प्रशुति गृहमा कम्वलको अभाव, ईन्टरनेट, बेडको अभाव, पानिको समस्या, कर्मचारीको अभाव, मास्कको अभाव रहेको गुनासो गरेका छन ।


यता नगरपालिकाले भने स्वास्थ्य चौकीले आवश्यक उपकरण तथा सामाग्रीहरुको माग आफुकहाँ नआएको बताएको छ । नगरपालिकाको स्टोरमा उपकरण तथा सामाग्री भएको भएपनि स्वास्थ्य चौकीवाट कुनै पनि माग नआएको नगरपालिकाले जनाएको छ । औषधि वितरणमा पनि सबै स्वास्थ्य चौकीलाई समान तरिकाले वितरण गर्दा माग अनुसारको औषधि वितरण गर्न नसकेको नगरपालिकाले जनाएको छ । स्वास्थ्य चौकीका कर्मचारी तथा ब्यबस्थापकले समयमै माग नगर्दा आपुर्ति हुन नसकेको नगरपालिकाले जनाएको छ ।


कृषि क्षेत्रमा पनि समयमै विउ विजन नआउने, प्राविधिकको अनुगमनमा कमि, कृषि शाखा कार्यालयमा कर्मचारी नहुने, लक्षित वर्ग नसमेटिएको तालिम औजारहरु समयमै नहुनुले पनि कृषकहरु मारमा परेको कृषकहरुले गुनासो गरेका छन । उनिहरुले कृषि शाखावाट वितरण हुने विभिन्न विउ विजनहरु लक्षित कृषकहरुले नपाएर ठूलावडाले मात्र पाउने गरेको गुनासो गरेका छन ।


नगरपालिकाले विउ विजन खरिदका लागि समयमै टेण्डर आह्वान गरेको भएको पनि भौगोलिक विकटता, र सडक समयमै सुचारु नहुँदा समयमै विउ विजन नआएको बताएको छ । कृषि शाखामा ४ जनाको दरवन्दि रहेको भएपनि कर्मचारी पुर्तिका लागि आवश्यक पहल भईरहेको बताएको छ । साथै नगरपालिकाले उपलब्ध कर्मचारीले दश वटै वडामा पुग्न नसक्ने भएको हुँदा फोन मार्फत परामर्श लिन कृषकहरुलाई आग्रह गरेको छ ।


कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले यस आर्थिक वर्षमा कृषि क्षेत्रमा वजेट बढाृन नसकिएको स्विकार गर्नुभएको छ । साथै उहाँले स्वास्थ्य चौकीका कर्मचारी र शाखाहरु विच आवश्यक समन्वयको आवश्यक रहेको बताउनु भयो । कहिले काहीँ वजेट समयमै स्विकृत नहुने हुँदा पनि केहि कामहरु समयमै पुरा नभएको बताउनु भयो । उहाँले चाहिने सामाग्रीको माग समयमै गर्नुपर्ने र आफ्नो कर्तब्य र दायित्वमा पनि विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।


कार्यक्रमको समापन गर्दै नगर प्रमुख पदम कुमार गिरीले कृषक तथा विभिन्न स्वास्थ्य चौकीका कर्मचारी तथा प्रमुखहरुले शाखामा गुनासो सुनवाई नभएको खण्डमा नगरपालिकाको प्रशासन र आफुसँग गुनासो गर्न समेत आग्रह गर्नुभयो । उहाँले, मानव जिवनमा सबैभन्दा बढि आबश्यक पर्ने कुरा स्वास्थ्य क्षेत्रमा कुनै पनि कुराको अभाव हुन नदिने समेत प्रतिबद्धता जनाउनु भयो । उहाँले सामानको अभावमा मात्र नभएर कर्मचारीहरुले पनि आफ्नो जिम्मेवारीको वोध गर्नु पर्ने बताउनु भयो । नागरिकहरुको आवश्यकता पर्ति गर्नका लागि आफुहरु यो ठाउँमा आएको बताउदै कुनै पनि सामाग्री वा उपकरा आवश्यक परेमा समयमै माग गर्नु पर्ने बताउनु भयो । उहाँले कृषहरुले विउ लिने मात्र नभएर त्यसको प्रतिफल पनि देखाउनु पर्ने बताउनु भयो । योजनाका लागि मात्र नगरपालिकामा धाउने कामको अन्त्य गरि उत्पादनमा बृद्धि तर्फपनि कृषहरुले विशेष ध्यान दिर्नु गिरीले औँल्याउनु भयो । 


नगर प्रमुख पदम कुमार गिरीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शेर बहादु बुढा, वडा अध्यक्षहरु, विभिन्न शाखाका प्रमुखहरु, कृषक समुहरु स्वास्थ्य चौकीका प्रमुखहरु पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत मन्तब्य पीसविन कोल्टी शाखाका प्रमुख तथा कार्यक्रम संयोजक गोविन्द थापाले राख्नु भएको थियो भने, संचालन सुशासन संयोजक जयलाल विकले गर्नुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर