Breaking News

बाजुराको प्रदेश क मा खाद्य अधिकार संजाल गठन ।।

Nov Sun 2021 03:09:30

58 views

बाजुराको प्रदेश क मा खाद्य अधिकार संजाल गठन ।।


रुकुम योगी, बाजुरा---

वाजुराको प्रदेश क मा खाद्य अधिकार संजाल गठन गरिएको छ । नागरिक सेवा सरोकार मंचका अध्यक्ष जनेश भण्डारीको अध्यक्षतामा बसेको बैठकले उक्त संजाल गठन गरेको हो ।


कोल्टी क्षेत्रका ४ वटा स्थानिय तहमा रहेका नागरिकहरुका खाद्य सम्वन्धि हक अधिकारका विषयमा वकालत गर्नका लागि नागरिकहरुलाई खाद्यमा पहुँच पुगाउनका लागि र सम्वन्धित निकायमा यसको विषयमा आवाज उठाउनका लागि उक्त संजाल गठन गरिएको हो ।


निर्वाचन क्षेत्र क का विभिन्न खाद्य अधिकार सम्वन्धि सवालहरु प्हिचान तथा उठान, र स्थानिय सरकार सँग आवश्यक पहल कदमीका लागि संजाल गठन गरिएको हो । नहकुल जोशिको अध्यक्षतामा १३ सदस्यीय खाद्य अधिकार संजाल गठन गरिएको छ । जसमा उपाध्यक्ष अन्जना शाही, सचिव मोहन कुमार कार्कि, सहसचिव ललित नाथ, कोषाध्यक्षमा अम्विका भडारी रहने गरि १३ सदस्यीय खाद्य अधिकार संजाल गठन गरिएको छ ।


यस क्षेत्रमा कार्यरत फिएन नेपाल वाजुराले यस क्षेत्रमा खाद्य अधिकार सम्वन्धि सवालहरु प्हिचान गरि त्यस सँग सँवन्धित सवालहरु प्हिचान गरि नागरिकहरुलाई प्रतयक्ष लाभ पुग्ने कामहरु गर्ने समेत निर्णय गरेको छ  खलियाहरुको खाद्य अधिकार सम्वन्धि सवाल उठान गर्ने, मुक्तिकोटका वालवालिकामा देखिएको कुपोषण र मुस्लीम समुदायको खाद्य अधिकार सम्वन्धि कार्य गर्ने बताइएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर