Breaking News

नेकपा माओवादी केन्द्र सान्नि त्रिवेणी गाउँपालिकाका ९ वटै वडाको अधिवेसन सम्पन्न, सबै वडामा सर्वसहमत नेतृत्व चयन ।।

Nov Sun 2021 01:59:53

282 views

नेकपा माओवादी केन्द्र सान्नि त्रिवेणी गाउँपालिकाका ९ वटै वडाको अधिवेसन सम्पन्न, सबै वडामा सर्वसहमत नेतृत्व चयन ।।


रुकुम योगी, कालिकोट---

नेकपा माओवादी केन्द्र सान्नि त्रिवेणी गाउँपालिकाले ९ वटै वडाको अधिवेसन आज सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रले ९ वटै वडामा सर्व सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरेको गाउँ कमिटिका सचिव नरेश शाहीले जानकारी दिनु भयो । 


उहाँका अनुसार सान्नि त्रिवोण्ी गाउँपालिकाको वडा नं. १ मा रमेश सुवेदि( जैशि) को अध्यक्षमा २९ सदस्यीय वडा कमिटि गठन गरिएको छ । यस्तै वडा नं. २ मा केयरे दमाई( केशव), ३ मा मनिलाल देवकोटा, ४ मा केशव राज शाही, ५ मा प्रेम बम चयन हुनु भएको छ ।


यस्तै वडा नं. ६ मा महेन्द्र विक्रम साउँद( महेश) ७ मा मनराज शिम्खाडा, ८ मा हरी बुढा र ९ मा गणेश केशि( गौरब) चयन हुनु भएको छ । 


आज ९ वटै वडामा वडा कमिटि गठन गर्न सफल भएको बताउदै गाउँ कमिटि सचिव शाहीले अव पालिकाको अधिवेसन पनि सर्वसहमतिले चयन गर्ने बताउनु भयो । ११ गते पालिकाको अधिवेसन गर्ने केन्द्रीय निर्देशन भएपनि तयो भन्दा पहिले नै सम्पन्न गर्ने तयारीमा जुटेको शाहीले बताउनु भयो । 


जिल्लाका सबै वडामा आज वडा अधिवेसन उद्घाटन गरिएको नेकपा माओवादी केन्द्र कालिकोटले जनाएको छ । जिल्लाका सबै वडाहरुको नेतृत्व सर्व सहमतिका आधारमा चयन पार्टि अध्यक्ष धनजित शाहीले बताउनु भयो । उहाँले पालिका, प्रदेश र जिल्लाको अधिवेसन पनि सर्व सहमतिका आधारमा गर्ने तयारीमा जुटेको बताउनु भयो ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर