Breaking News

ललितपुरमा डा.योगीको प्रमुख आतिथ्यतामा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेसन उद्घाटन।।

Nov Sun 2021 01:07:30

101 views

ललितपुरमा डा.योगीको प्रमुख आतिथ्यतामा प्रदेश सभा निर्वाचन क्षेत्रको  अधिवेसन उद्घाटन।।



नेपाली कांग्रेसको १४ औँ महाधिवेसन अन्तर्गत प्रथम प्रदेश अधिवेसन वाट ललितपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको प्रदेशसभा अधिवेशनले यी निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको निर्वाचन र सर्वसम्मत मार्फत चयन गरिएको हो ।

नेपाली काग्रेंसका केन्द्रीय सदस्य डा.टि.एन. योगीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन अधिवेसनमा विशिष्ट अतिथि माननिय सभाषद तथा पुर्व जिल्ला सभापति चन्द्र महर्जन, सभाषद राकृष्ण चित्रकार, महासमिति सदस्य, क्षेत्रिय सभापति महा नगर सभापति, भातृ संगठनका सभापति लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा अधिवेसन उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.टि.एन. योगीले नेपाली काग्रेंसको १४ औँ महाधिवेसन सफल पार्नका लागि सबै निर्वाचन क्षेत्रमा सर्व सहमतिमा नयाँ नेतृत्व चयन गर्न सफल भन्दै उनले अव नयाँ नेतृत्वले आफ्नो स्वार्थका लागि नभएको पार्टिको हितका लागि र संगठन निर्माणका केन्द्रीत हुनुपर्ने बताए ।

ललितपुर १ ’क’ मा मिलन सिलवाल र ’ख’मा ज्ञान बहादुर सभापतिमा चयन भएका छन् । ललितपुर २ ’क’ मा दिवाकर नेपाल निर्वाचित भएका छन् भने २ ’ख’मा चन्द्रमान महर्जन निर्वाचित भएका छन् ।

३ ’क’को प्रदेशसभा सभापतिमा वीरेन्द्र महर्जन निर्वाचित भएका छन् । ३ ’ख’मा सुरेन्द्र डंगोल निर्वाचत भएका छन् । ललितपुर कांग्रेस निर्वाचन समितिका संयोजक लोक कार्कीका अनुसार नवनिर्वाचित पदाधिकारीको विवरण आज शनिबार औपचारिक रुपमा सार्वजनिक गरिने छ ।

ललितपुर २ ’क’ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । निर्वाचन समितिका संयोजक लोकबहादुर खड्काका अनुसार ’क’ प्रदेशसभा सभापतिमा चन्द्रमान बज्राचार्य, उपसभापति नातीकाजी महर्जन र रवी महर्जन, सचिवमा सुरेन्द्र बज्राचार्य र सुदीप श्रेष्ठ, सहसचिवमा प्रमोदमान चित्रकार र महेश श्रेष्ठसहित २५ जनाको कार्यसमिति चयन भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर