Breaking News

पाच बर्ष भित्र बाल्ने भनिएको कवाडी जलविद्युत एक दसक सम्म पनि बल्न सकेन ।।

Nov Sat 2021 11:35:02

63 views

पाच बर्ष भित्र बाल्ने भनिएको कवाडी जलविद्युत एक दसक सम्म पनि बल्न सकेन ।।


देबराज मल्ल, बाजुरा---

पाच बर्ष भित्र बाल्ने भनिएको कवाडी जलविद्युत एक दसक सम्म पनि बल्न सकेको छैन ।बडो राजनीतिका कारण हिमाली गाउँपालिकाका जनता ले बिजुलि बत्ति बाल्न नपाएको बुजिएको छ । 


हिमाली गाउँपालिका वडा नं. ६ को कवाडी खोलामा सुरु भएको विधुतको चार चार जना अध्यक्ष परीवर्तन भईसक्दा पनि स्थानियले वत्ति वाल्न पाएका छैनन् । पहिले गाबिस हुदाको लाखौं र पालिका भएपछी को करोडौं बाजेट कता गयो एसमा सत्तारूढ दल ले पनि ध्यान राम्रो सङ्ग नदिएको र प्रतिपक्षको पनि चासो नभएको पाइएको छ ।


बत्ती भन्दापनी पाटिको संगठन जोगाउनमा दलहरू ब्यस्त देखिएका छन । विद्युतको नहर पनि लापरबाही तरिकाले बनाएको हुदा तहस नहस भएको स्थानिय अर्जुन बुढा थापाले बताउनु भयो  । विद्युतको लागि आएका आधी पोल पाण्डुसैन मा अलपत्र छन भने गाडीएका पोल पनि आधी भाचिएका छन तार लाईन समेत जडान भएको ठाउँ तिर पनि तारहरु तहस नहस भएर चुटिएका छन ।


विधुत समयमै निर्माण सम्पन्न गरि नागरिकहरुलाई बत्तिको पहुँचमा पुगाउने विषयमा स्थानिय तहले पहल गरिरहेको भएपनि अहिले सम्म वत्ति बल्न सकेको छैन । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर