Breaking News

प्रशासनले तोकेको भाडादर विरुद्ध यातायात ब्यबसायि असन्तुष्ट ।।

Nov Tue 2021 12:16:02

55 views

प्रशासनले तोकेको भाडादर विरुद्ध यातायात ब्यबसायि असन्तुष्ट ।।


रुकुम योगी, बाजुरा---

कोल्टी देखि मार्तडी र कोल्टी दखि कवाडी सम्म चल्ने सवारी साधनहरुको भाडादर जिल्ला प्रशासन कार्यालय वाजुराले आफ्नो मनोमानि तरिकाले निर्धारण भन्दै यातायात ब्यबसायि आन्दोलीत भएका छन ।

बुधवार यातायात ब्यबसायिहरुको बसेको बैठकले भाडादर परिवर्तन नगरे सम्म यातायातका साधन संचालन नगर्ने निर्णय गरेको छ । २२ गते वसेको बैठकले ब्यबसायहरुको पीडालाई मध्यनजर नगरि भाडादर कायम गरिएको र सो भाडामा सेवा सुचारु गर्न नसकिने आजको बैठकले निष्कर्ष निकालेको छ ।


वाटोको समस्याका कारण र पेटेलिएमा पदार्थको मुल्य बृद्धि र ग्यारेजको कालो वजारीलाई मध्यनजर गर्दै भाडादर कायम नहुँदा सम्म यातायातका साधन संचालन नगर्ने जनाएका छन । तोकिएको भाडादर यातायातका सधान संचालन गर्न नसकिने भन्दै भाडादरमा हेरफेर नगरे सम्म यातायातका साधन संचालन नगर्ने यातायात ब्यबसायिले बताएका छन ।


बुधवार बुढीनन्दा यातायात प्राली, स्वामिकार्तिक मानसरोवर यातायात प्राली, जय मालिका यातायात प्रालीका पदाधीकारीहरुको वसेको बैठकले उक्त निर्णय गर्दै प्रेस विज्ञप्ती समेत निकालेको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर