Breaking News

मुगुको गमगढी बजारमा आगलागी, २१ घर जलेर नष्ट ।।

Nov Tue 2021 04:36:25

91 views

मुगुको गमगढी बजारमा आगलागी, २१ घर जलेर नष्ट ।।


गमगढी ----

मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा २० घर जलेर नष्ट भएका छन् । मुख्य बजार क्षेत्रमा गएराति साढे १२ बजे लामा समुदायको बस्तीमा आगलागी भएको हो । टिनले लामाको घरमा बालिएको दियोबाट आगो सल्किँदा २० घर पूर्ण रुपले नष्ट भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।


मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले आगलागी नियन्त्रणका लागि थप १ घर भत्काइएको सीआईएनलाई जानकारी दिनुभयो । एकआपसमा घरहरू जोडिएको र थप घरमा आगो नसल्कियोस् भनेर एक घर भत्काउनुपरेको उहाँको भनाइ छ ।


उहँँका अनुसार राति नै स्थानीयबासीले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएपछि बिहान साढे ४ बजे मात्रै आगलागी नियन्त्रणमा आएको हो । साँघुरो बाटो, काठबाट निर्मित कच्ची घरहरू एकअर्कासँग जोडिएको र दमकल पनि नभएका कारणले क्षति कम गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयो ।


मानवीय क्षति नभए पनि कराडौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर