Breaking News

एमाले महाधिवेसन प्रतिनिधिमा कालिकोटवाट प्रतिनिधि छनौट ।।

Nov Sun 2021 08:33:05

47 views

एमाले महाधिवेसन प्रतिनिधिमा कालिकोटवाट  प्रतिनिधि छनौट ।।


रुकुम योगी, कालिकोट

नेकपा एमालेको चितवनमा यहि मंसिर १० देखि १२ गते सम्म हुने १० औँ महाधिवेसनका लागि कालिकोट जिल्लावाट सहभागिता जनाउने प्रतिनिधिको टुंगो लगाएको छ ।

नेकपा एमाले कालिकोटले १५ जना प्रतिनिधि छनौट गरेको छ । जसमा पार्टिका जिल्ला अध्यक्ष नगेन्द्र शाही नेश्नल, रमेश कुमार शाही, राजेन्द्र थापा, भरतराज धिताल, जशिप्रसाद पाण्डे , विरेन्द्र वोगटि, वकिल बम छनौट भएका छन ।

यस्तै, दक्षिणा शाही, टेक बहादुर बुढा, पार्वति शिंह, नरपति सुनार, तारा शाही, गोमा नेपाली, कर्णजित तिरुवा, र ब्यासी तिरुवा छनौट भएका छन ।

नेकपा एमालेले १० औँ महाधिवेसनका लागि प्रतेक जिल्लावाट प्रतिनिधि छनौट गर्न निर्देशन दिईसकेको छ । प्रतेक जिल्लाका नेता तथा कार्यकर्ताहरु प्रतिनिधि छनौटमा ब्यस्त देखिएका छन । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर