Breaking News

जुम्लाको तातोपानी ५ का सबै घरधुरीमा खानेपानी र सिँचाइ ।।

Nov Sat 2021 12:06:34

68 views

जुम्लाको तातोपानी ५ का सबै घरधुरीमा खानेपानी र सिँचाइ ।।


जुम्ला----

जुम्लाको तातोपानी गाउँपालिका हुँदै सिञ्जा गाउँपालिका जोड्ने सडक निमार्ण भएको छ । थारमारे–दिलौरी १५ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो  ।  गाउँपालिका र प्रदेश सांसद विकास कोषको सहयोगमा सडक निर्माण गरिएको हो ।


सडक निमार्ण भएपछी अहिले यस क्षेत्रमा यातायातका सवारी साधन साथै एम्बुलेन्स पुग्ने गरेको छन् । सवारी साधनको सुविधा पाएपछी स्थानीय बासिन्दा खुशी भएका छन् । जुम्ला सदरमुकामबाट जाने छोटो सडकका रुपमा रहेको यो सडक  १ करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण भएको वडाध्यक्ष हरिबहादुर डाँगीले जानकारी दिनुभयो ।


तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले लेक क्षेत्रमा पनि सडक पुगेकाले कृषि उत्पादन समेत वृद्धि हुन थालेको र निर्यात गर्न सजिलो हुन थालेको बताउनुभयो । तातोपानी गाउँपालिका वडा नम्बर ५ मा सडक खानेपानी लगायतको सुविधा पुगेको साथै लेकाली जमिन बाँझो हुने समस्या समाधान भएको वडाअध्यक्ष हरिबहादुर डाँगीले बताउनुभयो ।


जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ हुँदै छकाले पानी दिलौरी सडक जोड्न अब करिब पाँच सय मिटर मात्रै बाँकी रहेको छ  । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर