Breaking News

कोल्टीमा प्लेनको टिकट नपाउँदा यात्रुलाई सास्ती ।।

Nov Sat 2021 11:50:51

97 views

कोल्टीमा प्लेनको टिकट नपाउँदा यात्रुलाई सास्ती ।।

रुकुम योगी, बाजुरा -----

हुम्ला मुगु र वाजुरा जिल्ला वाट धनगढी नेपालगंज जाने यात्रुहरु एअरलाईन्सको मनोमानि भाडा र टिकट वितरणका कारण मर्कामा परेका छन । नेपालगंज र धनगडी जाने यात्रुहरु तिहार सकिएको भोलीपल्ट देखि कोल्टी वजारमा भरिभराउ भएका छन तर एअरलाइन्सका कर्मचारीहरुले मनोमानि भाडा उठाएर आफ्ना आफन्त र ठूलावडालाई मात्र पठाउने गरेको हवार जहाज पर्खिरहनु भएका देवराज जोशिले बताउनु भयो ।

उहाँले विहान देखि वेलुका सम्म एअरलाईन्समा टीकटको भाएपनि पठाईदिन्छु भनेर टार्ने गरेको बताउनु भयो । कार्यालयमा ताला लगाइएको हुन्छ, कर्मचारीसँग पनि भेट हुदैन फोनको भरमा कर्मचारीहरुले आफ्ना आफन्तलाई पठाउने गरेका छन जोशिले भन्नुभयो । उहाँ मात्र हैन ५ दिन देखि छोरीलाई चितवन पठाउन आउनु भएका स्वामिकार्तिकका नवराज महताराले बताउनु भयो । कोल्टी आएको ५ दिन भईसक्यो आफु भन्दा पछाडी आएका पनि प्लेनको टिकट पाएर गईसकेका छन उहाँले गुनासो गर्नुभयो ।

यहाँ त हुने र खानेले मात्र हवाईजहाज चढ्न पाउने रहेछन हामीहरुको के काम । उहाँले कोल्टी वजारमा वस्दा वस्दै घरवाट ल्याएको सबै पैशा सकिएको र छोरीलाई चितवन सम्म पठाउन पनि मुस्किल भएको बताउनु भयो । हुम्दा ताँजाकोट गाउँपालिका ३ का मन्जन मल्लले सजिलो र छिटो छरितोका लागि प्लेनमा जान खाजेपनि यहाँ प्लेनको टिकट नपाउने गरेको बताउनु भयो । यता एअरलाईन्सका कर्मचारीहरुले भने फोन पनि नउठाउने गरेको उहाँको गुनासो छ ।

  कोल्टीमा रहेका सुमिट, तारा, सिता एअर प्रालीमा कार्यालय प्रायजसो तालावन्दी गरेका देखिन्छन र भित्र वाट नै यात्रुहरुलाई पठाउने गरेको यात्रुहरुको गुनासो छ । सबै एअरलाईन्सको कार्यालय खोल्न लगाएर सबैलाई टिकट वितरण गर्न लगाउने ईलाका प्रहरी कार्यालय कोल्टीमा प्रमुख देवेनद्र राज जोशिले बताउनु भयो । टावरका हाकिमले भने सबैलाई पठाएको र यात्रुहरुको चाप बढेकाले सबैलाई छोटो समयमा पठाउन नसकिएको बताउनु भयो ।

विरामीलाई पनि पहिलो प्राथमिकतामा राखेर पठाउने गरेको उहाँको भनाई छ । यात्रुहरुले तोकीएको भडादर भनदा बढि दिदा पनि एअरलाईन्सका कर्मचारीले आफुखुसि यात्रुहरु पठाउने गरेको गुनासो गर्दै आएका छन । तिहार मनाउन घर आएकाम बाजुरा हुम्ला र मुगु जिल्लाका नागरिकहरु हवाई जहाजको पर्खाइमा कोल्टी वजारमा वसिरहेका छन । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर