Breaking News

मार्तडी देखि कोल्टी सम्मको भाडादर प्रति किलोमिटर १८ रुपैयाँ कायम ।।

Nov Mon 2021 12:49:44

98 views

मार्तडी देखि कोल्टी सम्मको भाडादर प्रति किलोमिटर १८ रुपैयाँ कायम ।।


रुकुम योगी, बाजुरा----

मार्तडी देखि कोल्टी सम्मको भाडादर प्रतिकिलोमिटर १८ रुपैयाँ तोकिएको छ । आज यातायात ब्यबसायी र प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख पत्रकार लगायतको उपस्थितीमा बसेको बैठकले उक्त निर्णय गरेको हो । मार्तडी देखि कोल्टी सम्मको ४२ किलो मिटर सडकको भाडादर ७ सय ५० मात्र कायम गरिएको छ ।

मार्तडी देखि कोल्टी सम्मको भाडामा मनोमानि गरेर यात्रुहरुलाई ठग्ने गरेको जन गुनासो बढेपछि आज यातायात ब्यबसायि सँग छलफल गरि मार्तडी कोल्टी सम्मको भाडादर कायम गरेको हो । साथै कोल्टी देखि पीलुचौर धुलाचौर र कवाडी सम्मको प्रति किलोमिटर १५ रुपैयाँ मात्र भाडादर कायम गरिएको छ । कोल्टी देखि कवाडी सम्मको सडक राम्रो रहेको हुँदा भाडादर पनि कम गरिएको हो । साथै डिजेल र पेट्रोलको मुल्य पनि कायम गरिएको छ ।

कोल्टी पीलुचौर सम्म मार्तडीको मुल्य भन्दा बढिमा १५ रुपैयाँ मात्र लिन पाउने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख मदनजित महरा, ईलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख देवेन्द्र राज जोशि रेडियो शिम्भुनाथका अध्यक्ष सर्पलाल गिरी स्वामिकार्तिक यातायात प्राली, बुढीनन्दा यातायात प्राली र डिजेल पेट्रोल ब्यबसायी विचको छलफलमा उक्त भाडादर कायम गरिएको हो ।

तोकिएको भाडादर भन्दा बढि भाडा लिएको पाईएमा कानुन अनुसार कार्वाही गरिने समेत जनाएको छ । साथै तोकिएको भाडा भन्दा बढि भाडा लगेका प्रहरीलाई खवर गर्न समेत आग्रह गरिएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर