Breaking News

नेकपा एमाले बुढिनन्दा नगर कमिटिको अध्यक्षमा रोकाया चयन ।।

Oct Sun 2021 09:53:35

184 views

नेकपा एमाले बुढिनन्दा नगर कमिटिको अध्यक्षमा रोकाया चयन ।।

रुकुम योगी बाजुरा


नेकपा एमाले बुढिनन्दा नगर कमिटिको अध्यक्षमा जंगविर रोकाया सर्वसहमत चयन भएका छन । कार्तिक ११ गतेवाट सुरु भएको प्रथम नगर अधिबेसनले रोकायाको नेतृत्वमा नया पदाधिकारि चयन गरेको छ ।

देशभरि चलेको नेकपा एमालेको अधिवेसन बाजुरा जिल्लामा पनि संचालन भइरहेको छ । यसै बिच बुढिनन्दा नगरपालिकाले पनि नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्षमा रोकाया रहने गरि उपाध्यक्ष सुकविर कडारा सचिबमा जयलाल बिक उप सचिब हेम बहादुर रोकाया र प्रदिप जोशि चयन भएका छन । 

यस्तै कार्यालय सचिबमा नन्दबिर बिक सर्बसहमतिमा चयन भएका छन । नयाँ पदाधिकारिहरुलाई विभिन्न नेता तथा कार्यकर्ताले सफल्ताको शुभकामना समेत ब्यक्त गरेका छन ।


नया पदाधिकारिहरुलाई नेकपा एमाले हित संगठन विस्तार र नेकपा एमालेलाई बुढिनन्दा नगरपालिकामा बलियो बनाउनाका लागि नेकपा एमालेको नीति नियम र विधानमा रहेर काम गर्न नगरालिकाका इन्चार्ज राजन रोकायाले आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर