Breaking News

नेकपा एमाले नै देशकै पहिलो पार्टि बन्ने केन्द्रीय सदस्य शाहि ।।

Oct Wed 2021 06:52:17

75 views

नेकपा एमाले नै देशकै पहिलो पार्टि बन्ने केन्द्रीय सदस्य शाहि ।।

कालिकोट ----



नेकपा एमाले केन्द्रीय स्कुल बिभागका सदस्य तथा नेकपा एमाले कर्णाले प्रदेश कमिटि सदस्य मीन बहादुर शाहिले अब देशकै पहिलो पार्टि नेकपा एमाले बन्ने बताए ।

उनले नेपाली काङग्रेस जनताको भावना अनुरुप काम गर्न नसक्ने र नेकपा माओबादि फुटकप चरणमा रहेको हुँदा अव नेकपा एमाले नै देशको पहिलो पार्टि बन्ने बताए ।

नेकपा एमाले नरहरिनाथ गाउँपालिकाको अधिबेसनमा बोल्दै नेता शाहिले यस्तो बताएका हुन । उनले नेकपा एमाले फुटेर थप बलियो बनेको बताए ।

नेकपा एमालेमा रहेका केही अबसरबादि नेताहरु र पद लोभिहरु मात्र पार्टिबाट बाहिरिएको बताए । यसले नेकपा एमालेलाई थप बलियो र सजग बनाएको शाहिले बताए ।

नेकपा एमालेको सरकारले गरेका हरेक निर्णय र कामहरु जनतामुखि रहेको र यो बिपक्षि पार्टिलाई मन नपर्दा भिभिन्न चल खेल गरेर सरकारवाट हटाए पनि जनताले नेकपा एमालेको सरकार नै रुचाएको शाहिले बताए ।

आगामि चुनाबमा अब नेकपा एमाले नै देशको पहिलो पार्टि बनेर पुन सरकारमा जाने उनले बताए । जनताको हक र हितका लागि र सिमाना सुरक्षा र देश बिकासका लागि नेकपा एमाले नै अावश्यक रहेको शाहिले ठोकुवा गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर