Breaking News

बाढि र पहिरोले जगन्नाथ गाउँपालिकाको ७ वटा भवन बगायो ।।

Oct Wed 2021 10:31:10

105 views

बाढि र पहिरोले जगन्नाथ गाउँपालिकाको ७ वटा भवन बगायो ।।

रुकुम योगि बाजुरा


आइतवार वाट लगातार परेको पानिले वाढि र पहिरो आएपछि बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको ७ वटा भवन बगाएको छ ।

लगातारको वर्षाले जुड्डि खोलामा बाढि आएपछि गाउँपालिकाको  प्रशासकिय भवन कोभिड अस्पताल लगायतका ६ वटा विभिन्न शाखाका भवनहरु भत्काएको सुचना अधिकारि राजेन्द प्रसाद जोशिले जानकारि दिएका छन ।

लगातारको वर्षाले जुड्डि खोला र कर्णाली नदिमा पानिको वहाब बढेपछि वाढि आउदा पालिकाको प्रशासकिय भवन सहित अन्य ६ वटा भवन र गाउँपालिकाको हल बगाएको जोशिले बताएका छन ।

गाउँपालिकाको कार्यालयमा रहेका कागजात सहित फर्निचर समेत वाढिले बगाएको छ  । मानविय क्षति नभएपनि गाउँपालिकाका महत्वपुर्ण कागजात सहित भवनमा क्षति पुगाएको सुचना अधिकारि जाोशिले बताए ।


कोभिड अस्पताल समेत बाढि पहिरोले बगाएपछि बिरामिलाई स्वास्थ्य सेवा दिन नसकिने उनले बताए । कोभिड अस्पतालमा रहेका स्वास्थ्य उपकरण समेत वाढि पहिरोले बगाएको छ ।


लगातार परेको अविरल वर्षाले गाउँपालिकामा ठुलो क्षति पुगाएको छ । गाउँपालिकाका हरेक काम काजहरु ठप्प भएका छन । गाउँपालिकामा गएको पहिरोका कारण कर्णाली करिडोर समेत अबरुद्द भएको छ भने नागरिकहरुलाई आवत जावत गर्न निकै समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर