Breaking News

लगातार परेको वर्षाले धान बालिमा क्षति ।। किसान चिन्तित ।।

Oct Wed 2021 10:01:46

78 views

लगातार परेको वर्षाले धान बालिमा क्षति ।। किसान चिन्तित ।।

रुकुम योगी कालिकोट


लगातार परेको वर्षाले पाक्न लागेको धान बालिमा क्षति पुगाएको छ । आईतवार वाट लगातार परेको पानिले पाक्न लागेको धान बालि खेतमै कुहिन थालेपछि किसान चिन्तित बनेका छन ।

असारमा लगाएर कार्तिकमा पाकेको धान बालि भित्र्याउने बेला लगातारको वर्षाले क्षति पुगाएपछि किसान भोकमारि हुने चिन्तामा परेका छन । 

लटरम्म फलेर पाकेको धान बालि काटेर खेतमा राखेको धान बालि लगातार पानी आउदा खेतमै डुब्न थालेका छन । खेतमा पानी जमेर भरिभराउ भएको छ । पाकेको धान बालि खेतमै कुहिन थालेको छ । 

असारमा दुख गरेर रोपेको धान बालि कार्तिकमा भित्र्याउन नपाउदा आफुले गरेको मेहनत वालुवामा पानी हाले जस्तै भएको सान्नि त्रिवेणि गाउँपालिका ४ का किसान नम नाथ योगिले बताए । 

धान काटेर खेतमा सुकाउन लागेको बेला आइतवार आएको पानिले खेतमै डुबाएपछि भोकारिको चिन्ता बढेको धर्म शाहिले बताए । कालिकोट जिल्ला लगायतका क्षेत्रमा किसानले लगाएको पाक्न लागेको धान बालि पानिले सखाप पारेपछि किसान चिन्तित भएका छन । 

पाकेको धान बालि सँगै विभिन्न ठाउमा बाढिपहिरोको जिखिम पनि बढेको छ । ठाउँ ठाउँमा गएको पहिरोले सवारि साधन समेत ठप्प भएका छन भने मानिसहरुलाई आवत जावत गर्न समेत समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर