Breaking News

महाबै गाउँपालिका ७ राम्निका २ सय ५० घर पहिरोको जोखिममा ।।

Oct Wed 2021 05:27:42

76 views

महाबै गाउँपालिका ७ राम्निका २ सय ५० घर पहिरोको जोखिममा ।।

रुकुम योगी कालिकोट----


जिल्लाको महाबै गाउँपालिकाका २ सय ५० घर पहिरोको उच्च जोखिममा रहेका छन । लगातार आइतवार बाट आएको वर्षाले गाउँमा पहिरो गएपछि  वडा नं ७ का २ सय ५० घर पहिरोको उच्च जोखिममा रहेका छन ।


पहिरोले घर आगन बगाउन थालेपछि स्थानियले बस्ति छाडेका छन । गाउँ नजिकै रहेको रम माध्यामिक विद्यालयमा स्थानियलाई बासको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नन्द शिहले बताए ।


लगातारको वर्षाले गाउमा पहिरो बग्न थालेपछि स्थानियलाई विद्यालयमा सुरक्षित बासको ब्यवस्था गरेको अध्यक्ष शिंहले बताए ।

बाढि पहिरो पिडितको राहतका लागि र उनिहरुको उचित बास स्थानका लागि तत्काल पहल गर्न स्थानियले प्रदेश सरकारको ध्यानकर्षण समेत गराएका छन ।


जिल्लामा लगातारको वर्षाले विभिन्न ठाउँमा बाढि र पहिरो जाँदा ठुलो मात्रामा धनको क्षति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर