Breaking News

सान्नि त्रिवेणि गाउँपालिकाले बनायो ५० लाखमा २ तले पक्कि भवन ।।

Oct Sun 2021 03:35:40

250 views

सान्नि  त्रिवेणि गाउँपालिकाले बनायो ५० लाखमा २ तले पक्कि भवन ।।

रुकुम योगी कालिकोट--


जिल्लाका ९ वटा स्थानिय तहमध्य कतिपय स्थानिय तहले आफ्नो जिजि भवन निर्माण गर्न सकेका छैनन् । कतिपय स्थानिय तहले ४ वर्ष बितिसक्दा पनि आफ्नो निजि भवन बनाउन नसकेर भाडाको कार्यालयबाट पालिकाको सेवा प्रदान गरिरहेका छन ।

यसैबिच जिल्लाको सान्नि त्रिबेणि गाउँपालिकाले आफ्नै निजि भवन निर्माण गरेको छ । जनचेतना बहुमुखि क्याम्पसको भवन भाडामा लिएर सेवा दिईरहेको सान्नि त्रिवेणि गाउँपालिकाले ४ वर्ष पछि आफ्नै नयाँ भवन निर्माण गरेको छ ।

स्थानिय सरकार आएको ४ वर्ष पछि गाउँपालिकाले आफ्नै निजि भवन बनाएको छ । गाउँपालिकाको ५० लाख लागतमा २ तले पक्कि भवन निर्माण गरेको प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाहिले बताए ।

ब्यक्तिगत जग्गा पालिकाकाो नाममा नामसारि गर्न ढिलाई भएको हुँदा आजसम्म भवन निर्माण सम्पन्न गर्न नसकियको गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाहि डिबिले बताए । उनले अब पालिकाका वडा कार्यालय पनि नयाँ भवनवाट सेवा दिने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर