रुकुम योगी, बाजुरा
भिर वाट लडेर घाईते भएका बुढाको थप उपचारका लागि हेलिकप्टर मार्फत नेपालगंज लगिएको छ । स्वामिकार्तिक खापर गाउँपालिका २ निवासी अन्दाजि ४० वर्षिय नरेन्द्र बुढा गोहोत्रि वाट आउदै गर्दा भुकाको पुल नजिकै भिरवाट लडेर करिव ६० मिटर तल खस्नु भएको थियो ।
भिरवाट लडेर घाईते भएका बुढाको कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि आज विहान नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि नेपालगंज लगिएको छ ।
राष्टिय विपत ब्यबस्थापन कोषको सहयोग, प्रदेश सभा सदस्य वलदेब रेग्मीको , बुढीनन्दा नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष तथा नेकपा एमाले बुढीनन्दा नगर कमिटिका ईन्चार्ज राजन कुमार रोकाया, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी लगायतको पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत बुढालाई नेपालगंज लगिएको हो ।